रत्ननगर नगरपालिकाको मुटु मानिने वडा नं १ का ४५ वर्षीय शंकर लामा नेपाली कांग्रेसका सर्वसम्मत वडाअध्यक्षका उम्मेदवार हुन् । ०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय उनी ०५१ सालदेखि तरुण दलमा आवद्ध भएका हुन् । तरुण दलको नगरसभापति हुँदै कांग्रेसको वडा सभापतिको जिम्मेवारी उनले पूरा गरेका छन् । राजनीति र समाजसेवालाई नै आफ्नो धर्म सम्झने उनी ०६२/६३…