मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

साहित्यकार धरावासीको तल्लो बाटो

साहित्यकार धरावासीको तल्लो बाटो


साहित्यकार कृष्ण धरावासी अर्को नयाँ लेखन-साधनामा व्यस्त छन् । यसपटक उनी लीला लेखनको कलाबारे लेख्दै छन् । लीला लेखनबारे प्रष्टाउने उनको यो कृति सर्वथा नेपाली साहित्यमा नयाँ प्रयोग हुनेछ । उनको अर्को औपन्यासीक कृति पनि तयारी अवस्थामा छ ।
 
“तल्लो बाटो” नाम दिइएको उनको नयाँ औपन्यासीक कृतिमा मेक्सिको हुँदै अमेरिका छिर्ने नेपालीहरूको व्यथा हुनेछ । उसो त पछिल्लो समय धरावासीेका कृतिहरू एकपछि अर्को गर्दे बजारमा निकै आइरहेका छन् । जसका कारण धैरेले उनको लेखाइको गुणस्तर खस्केको, लेखाइमा भन्दा सङ्ख्यामा ध्यान दिएकोजस्ता आरोपहरू नलगाएका हैनन् । जसलाई धरावासी ठाडै अस्वीकार गर्छन् । उनै धरावासीसँग हिमालयखबरका तर्फबाट शरद पोखरेलले गरेको पुस्तक वार्ता यहाँ प्रस्तुत गरिएको छ:
 
पढदै गरेको पुस्तक ?
अहिले म जीवा लामिछानेको “सरसर्ती संसार” पढदैछु । यो किताबले घर सीसी संसार घुमाउँछ । रहर र इच्छा भएर पनि सबैले त्यस्तो अवसर पाउँदैनन जो जीवाजीले पाउँनु भएको छ र त्यसलाई आफूमा मात्र सीमित नगरी सबैको जिज्ञासालाई संतुष्टि दिने प्रयत्न गर्नु भएको छ । 
 
यो पुस्तकको विशेषता के हो ?
परिष्कृत भाषामा लेखिएको यो किताब अध्ययन र अनुभूतिले भरिएको छ । हरेक लेख जो आफ्नो देश सम्झदै अन्त हुन्छ र त्यो अन्त्यले देशको विकासको लागी छटपटि गराइ रहनेछ । कैयौ ठाउँमा काव्यात्मक अभिव्यक्तिले पठन आकर्षणलाई झन् बढी तिख्याउँछ । लेखकको यो पहिलो प्रकाशित कृति भए पनि लेखकचाहिँ नयाँ होइनन भन्ने कुरा कृतिमा प्रयोग भएका कलात्मक वाक्यहरुले बोध गराउँछ ।
 
पढेको उत्कृष्ट पुस्तक ?
मैले पढेकोमध्य आजसम्ममा सबैभन्दा मन परेको पुस्तक पर्ल एस वकको “द गुड अर्थर्” हो ।
 
आख्यान कि गैह्आख्यान ?
मलाई आख्यान र गैर आख्यान दुवै पुस्तकहरू मन पर्छन । 
 
तपाईँलाई प्रभाव पार्ने पुस्तक ?
अहिले सम्म प्रभाव पारेको पुस्तक “श्रीमद भागवत गीता” हो ।
 
पढन सिफारिस पुस्तक?
मदन मणि दिक्षित द्धारा लिखित नेपाली “माधवी” उपन्यास पढन सके राम्रो । 
 
मनपर्ने लेखक र उनको मनपर्ने कृति ?
इन्द्र बहादुर राई र उनको “विपना कतिपय” कथा संग्रह ।
 
लेखनमा सङ्ख्या वा गुणस्तर कुन रोज्दा राम्रो होला ?
पुस्तकको सङ्ख्याले लेखन वा लेखक विशेष हुँदैन । विषय वस्तु सशक्त हुनु पर्छ । थोरै लेख्नेले मात्र राम्रो लेख्छन भन्न सकिन्न । धेरै लेख्नेले थोरै राम्रा कृति लेखे भने पनि धेरै नै हुन्छन् । एउटा मात्र राम्रो लेख्नेले एउटा राम्रो लेख्यो भने एउटा मात्र राम्रो लेखेको हुन्छ । सय वटा लेख्नेले दस वटा राम्रो लेख्यो भने त दसवटा राम्रा किताब हुन्छन् नि । म सङ्ख्या र गुणस्तरीय दुवै हुन सकोस भन्ने चाहन्छु । 
 
किन पढनुहुन्छ ?
मनोरंजन र ज्ञानका लागी पढ्छु । 
 
पढनका लागी रोजाइको स्थान ?
यही भन्ने छैन तर म यात्रामा चाहिँ पढन सक्दिन ।
 
प्रस्तोताः शरद पोखरेल