मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

म पनि अमेरिकी सिस्टम अनुसार फेरि अध्यक्ष हुन्छुः डा. केशव पौडेल (भिडियो सहित)

म पनि अमेरिकी सिस्टम अनुसार फेरि अध्यक्ष हुन्छुः डा. केशव पौडेल (भिडियो सहित)


टेक्सस (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन मिति नजिक हुँदै जाँदा नयाँनयाँ उम्मेदवारी घोषणा हुँदैछन् । यसैक्रममा वर्तमान अध्यक्ष डा. केशव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
 
‘अमेरिकाको सिस्टम अनुसार पद दोहो¥याउने चलन छ, त्यसैको आधारमा मैले पनि फेरि एकपटक अध्यक्षमा उम्मेदवार हुने निर्णय गरेँ,’ शनिबार ड्यालसमा हिमालय खबरसँगको कुराकानीमा भने । अमेरिकी राष्ट्रपतिमा पनि दोहोरिने चलन रहिआएको छ ।
 
पौडेलले यही नीति अनुसार आफु उम्मेदवार हुन लागेको बताएका छन् । उनको पुनः उम्मेदवारीले अमेरिकाको नेपाली डायस्पोरा तरंगित भएको छ ।
 
‘साथीहरुले सहमति गर्छन भने म उम्मेदवारी छाड्न तयार पनि छु, तर अहिलेसम्मको अवस्थामा त्यो नदेखेर आफैँ उम्मेदवार हुने निर्णय गरेको हुँ,’ उनले भने । पौडेलले भन्दा पहिलेनै टेक्ससबाट गौरी जोशीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 
 
त्यस्तै वर्तमान उपाध्यक्ष रबिना जोशी, कृष्ण पोखरेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै उपाध्यक्ष राम सी पोखरेल, डिल्ली भट्टराईले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । डा. पौडेलको उम्मेदवारी दिने योजनाको संकेत पछिल्लो समयमा उनी अमेरिकाभरिका बिभिन्न स्थानमा भैरहेका कार्यक्रमहरुमा आफैँ उपस्थित हुन थालेका छन् । 
 
हिमालय खबरका लागि शैलेश आचार्यसँग लामो कुराकानीका क्रममा डा. पौडेलले विगतको चुनावमा पनि २५ हजार डलरभन्दा बढी खर्च नगरेको दावी गरे । उनले आफु उम्मेदवार हुनुपर्नाको कारण बारे लामो विश्लेषण गरेका छन् । उक्त अन्तरवार्ताको वृस्तृत भिडियो I