यद्यपी हामीले कुनै पनि प्रकारको चमत्कारको विश्वास गर्नुपर्दैन तर पनि र्इंश्वर छैन भन्ने कुराबाट कोशौं टाढा बसेपनि हुन्छ । ईश्वर हामीलाई जसरी बुझाइएको छ त्यो तरिकाको पक्कै छैन । तर वेदका केही स्लोकमा जसरी व्याख्या गरिएको छ त्यो अर्थमा ईश्वर छ । त्यसैले तिहारको अघिल्लो दिन हामीले मनाउने गोबर्धन पूजा एउटा अज्ञात ईश्वरीय साहाराको आशामा मानवमात्र जसले मनाए पनि हुन्छ । ईश्वर कसैलाई कुनै भौतिक उपहार दिदैन तर ति चीज प्राप्त गर्ने बाटो देखाई दिन्छ वा आत्मबल दिन्छ । नयाँ कम गर्ने आमबल नै ईश्वर हो ।
अर्थववेदका अनुसार ईश्वरले कुनै कुराको आशा राख्दैन फूल , प्रसाद , दान दक्षिणा ईश्वरका लागि गौण विषय हुन् । ईश्वर अमृततत्वबाट सञ्चालित हुन्छ । यसको अर्थ अमृत भन्नाले कुनै न कुनै प्रकारको शक्ति हो । तर्सथ हामी ईश्वरप्रति आशक्त हुनुको अर्थ ईश्वरलाई हाम्रो खाँचो भएको होईन , हामीलाई ईश्वरको खाँचो हुन्छ र हामी आस्तिक बन्दछौ । जस्तो सुकै नास्तिक मानिसपनि ईश्वरप्रति कुनै न कुनै दिन अनुग्रहित हुन पुग्दछ ।
ईश्वर त्यस्तो वातावरणीय भिटामिन हो जसले एक्लै भएर , ठुला ठुला चिन्ता परेर , ऋणमा डुबेरअत्तालिएको बेलामा मानिसको दिमागमा आशाको दियो बाली दिन्छ । मानिसलाई बौलाउन , डिप्रेशन हुन वा कहिले काँही आत्महत्या गर्नबाट रोकिदिन्छ । तर्सथ ईश्वरकोलागि हामी होईन हाम्रोलागि ईश्वर आवश्यक हुन्छ । यस्तै परिश्रृखंलामा गोर्वधनलाई उठाएर त्यँहाका बज्रवासी ग्वालाहरुलाई कृष्णले सहारा दिनु भएकोले मानिसले उहाँलाई ईश्वरजस्तो मानेका हुन् । यस अर्थमा जसले धेरै भन्दा धेरैलाई सहारा दिन्छ त्यो नै ईश्वर हुन जान्छ ।
ईश्वर यो त्यो यस्तो त्यस्तो भनेर कसैले देखेको छैन तर जसले जुन विन्दुमा मानवलाई सहारा दिएको छ । त्यो नै ईश्वर बन्दछ । यो संन्सारमा गरिव र असाह्यको संख्या धेरै छ जसले ति गरिवलाई कुनै न कुनै विन्दुमा सहयोग गर्दछ त्यसैलाई ईश्वरको प्रतिकको रुपमा मानिसले मान्दै आएका हुन् । राम, कृष्ण , बुद्ध , माहावीर , जिजस, महम्मद नितान्त तपाईहामी जस्तो २ हात र २ खुट्टा लिएर जन्मेका मानिस हुन् तर उनीहरुको नेतृत्व र संगठनले धेरै मानिसलाई सहारा दिएकोले विस्तारै विस्तारै उनीहरु मानवबाट , माहामानव हुँदै ईश्वरत्वमा पर्दापण गरेको हुन् । उनीहरु प्रतिहाम्रो आश्था छ त्यसैले उनीहरु ईश्वर पनि हुन् ।
गोर्बधन पुजा कै उदाहरण लिने हो पनि जब ईन्द्र गोकुलबासीहरुसंग रिसाएर एकोहोरो पानी बर्षात गराउनु भयो । त्यसले ग्वालाहरुका स साना झुपडिहरु डुब्न थाले जाडो भयो । त्यतिबेला छाता प्लास्टीक थिएन तब एउटा पर्वत जस्तो कुनै चीज उठाएर सबैलाई ओत्नु भएकोले सबैले त्यो तीथिमा गोबर्धनको स्वरुप मानेर कृष्ण स्मरण गर्दछन् ।
अनेक दुःखमा अनेक प्रकारको समस्या परेको बेलामा कुनै न कुनै तरिकाले सहारा दिनेवाला , संरक्षण दिने वाला , केही सहयोग गर्नेवाला सबैलाई ईश्वर मानिएको छ । हामीले बाबु आमालाई ईश्वरको प्रतिक मान्दछौ किनकि उनीहरुले हामीलाई हरेक कठिनाईमा साथ दिएका हुन्छन । जन्माउने हुर्काउने , पढाउने हरेक काममा ।
निश्चित रुपमा प्रत्येक मानिस कृष्ण वा बुद्ध नानक वा जिजस बन्न चाही रहेको छ । कोही पनि बदमास र बद्नाम हुन चाहादैन सबै असल बन्ने सदिच्क्षा छ । तर बन्ने कसरी ? हुने कसरी यो सबै कुरा परिवेश परिस्थिति साधन श्रोत आदिले निर्धारण गर्दछ । कृष्णमात्र भएर पनि भएन गोबर्धन पर्वत पनि आवश्यक हुन्छ । अर्थात आर्थिक तथा भौतिक साधन श्रोत पनि ईश्वरत्वकोलागि आवस्यक छ ।
द्रौपदिको चीरहरण भै रहदा कृष्णको बाँसुरीबाट धोती गयो भनिन्छ वास्तवमा धोति कहाँबाट जान्छ ? त्यहागएको सारी होईन साहस थियो । दुशासनले एकातिरबाट तान्दै गयो द्रौपदिलाई कृष्णकोबाँसुरीले अर्को तिर त्यही सारी बेर्ने साहस दियो । दुशासन अल्मलियो , किनकि उसमा पनि मैले अनैतिक काम गरिरहेको छु भन्ने डर थियो , दुर्योधन र शकुनीमा पनि यो डर थियो । अरु हेर्न नसकेर घोप्टो मुन्टो लगााएर भुईमा हेरेका थिए । पाण्डवहरु लाज र आत्म ग्लानीले भुईमा हेरेका थिए । त्यो दौ्रपदिले एकमात्र सहाराको रुपमा कृष्णलाई सम्झिईन । दुनीयाँ शक्ति हीन भयो । दौ्रपदिमात्र शक्तिवान् भईन उनमा डर पनि रहेन लाज पनि रहेन तब उनले एकातर्फबाट तानेको सारी अर्कोतिरबाट आफ्नैहातले बेर्दै गएर दुष्ट दुशशासनलाई हराएकी हुन् ।
यसरी कृष्णको निश्पक्ष र विवेकपुर्ण व्यवहारले गर्दा उनले धेरैलाई साहास दिए सोही साहास र साहाराले गर्दा उनलाई हामी ईश्वरको दर्जामा राखेका छौ । आज विज्ञानले धेरै कुराहरु कारण र असरको रुपमा परिभाषित गर्दै गएकोले पछिल्ला दिनमा कसैलाई पनि सिधै ईश्वर मानिदैन । तर क्षयरोग , निमोनिया , हैजा , आदिको औषधि पत्तालगाउने । जहाजको आविश्कार गर्ने , सूचना तथा सञ्चारका आविश्कारकहरु सत्य ,त्रेता र द्धवापर युगमा जन्मेका भए ईश्वर कै रुपमा पुजिन्थे होला ।
तर्सथ हरेक प्रकारका पूजाबाट मानिस आफुले आफैमा साहार खोजीरहेको छ र भेट्टाई रहेको छ । मानिसको मनलाई शान्त्वना दिने साहास दिने र आत्मवल दिने सम्पुर्ण अज्ञात शक्ति नै ईश्वर हो । विज्ञानले जति सुकै धेरै कुराहरु पत्तालगाए पनि ब्रह्माण्डको उत्पत्ती कसरी भयो ? र मानिसको दिमाग भित्रका कोशिकाहरु कसरी बने भन्ने बारेमा कुनै जानकारी दिन सकेको छैन । त्यसै गरि मानिसको अनुहार के कारणले फरक हुन्छ ? हातका चक्रहरु किन फरक हुन्छन् ? भन्ने कुराहरु पत्तालगाउन सकेको छैन ।
त्यसैगरी हजारौ अज्ञानता चिरेर विज्ञानले थप मानवईश्वर बनाउने कामलाई स्थगित गरिदिएतापनि मानिसको अन्तिम सहारा वास्तिविक ईश्वर पक्कै हो । त्यसैले विश्वका अरबौ मानिसहरु कुनै न कुनै रुपमा ईश्वरप्रति आश्थावान् छन् । यहि आश्थाले हामीलाई दशै र तिहार जस्ता चाडपर्व मनाउने । आदरणीय मान्यजन लगायत , दाजुभाई दिदी बहिनी र पारिवारिक तथा छर छिमेकीहरुबीच सम्पर्क कायम गराउने बिशिष्ट अवसर प्रदान गरीरहेको छ ।
यसै सन्दर्भमा बुझ्दै जादा कृष्ण शक्ति र विवेकरुपमा देखिनुहुन्छ । गोवर्धन पर्वत तात्कालिन त्यस्तो साधन हो जसले मानिसलाई ओत दिन सकेको छ । नेपालमा आज पनि व्यापक गरिवी छ यहाँ , रोजगारीको अभाव छ । देशको समग्र देशको गरिवी निवारणकोलागि एका तर्फ भरपर्दो कृष्णको खाँचो छ र अर्को तर्फ साधन र श्रोतको रुपमा गोबर्धन पर्वतको खाँचो छ ।
नेपालमा विकास भएको छैन भन्ने कुरामा त द्धिविधा रहेन तर अभाव कृष्णको हो वा ंगोर्वधन पर्वतको हो ? त्यो बुभ्m्न सकिएको छैन । यसबर्षको गोवर्धन पूजाले हामीलाई अबिकास रुपी शत्रुतासंग सर्जिकल स्ट्राइक गर्नकोलागि चेतना र बुद्धि देओस । त्यसैकोलागि आजको गोबर्धन पूजा धुमधमसंग मनाऔ ।
प्रतिक्रिया