मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएनए, विदेशमा वस्ने नेपालीका लागि निल्नु न ओकल्नु

एनआरएनए, विदेशमा वस्ने नेपालीका लागि निल्नु न ओकल्नु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् २००३ मा एनआरएनए गठन भएपछि विदेशमा बस्ने नेपालीले पहिचान त पाए तर, अहिले यो पहिचान निल्नु न ओकल्नु जस्तो हुन पुगेको छ । एनआरएनए अभियानवाट केही व्यक्तिले फाइदा त लिए तर, संस्था अहिले भद्रगोल भएको छ । 
 
केही साता अघि गेर आवासिय नेपाली संघ (एनआरएनए) केन्द्रिय समितिको वैठक हुदैं थियो । त्यहां सहभागी कुल आचार्यले संस्थामा ठुलो समस्या आएको अभिव्यक्ति दिए । यो सुनेपछि अध्यक्ष कुमार पन्तले कुललाई प्रश्न गरे  ,समास्या छ, भन्नुहुन्छ समाधान के हो त त्यो पनि भन्नुहोस न ?
 
अध्यक्षको यो प्रश्नमा कुलले कुनै उपाय सुझाउन सकेनन् । किन की उनीसंग समस्या छ भन्नु वाहेक समाधानको कुनै उपाय थिएन । 
 
कुल आचार्यले आउने कार्यकालका लागि पनि एनआरएनएको अध्यक्ष पदका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन् । दुई बर्ष पनि अध्यक्ष पदमा उम्मेदवारी दिई थोरै भोटले पराजित भएका थिए । 
 
दुई बर्ष अघि काठमाडौको हायात् होटलमा आयोजित एनआरएनए विश्व सम्मेलनमा नै भद्रगोल भएको थियो । त्यहां प्रहरीले बल समेत प्रयोग गर्नु पर्यो । यो घटनाले एनआरएनए भित्र समस्या आउने दिनमा अझ वढ्छ भन्ने देखाईसकेको थियो । 
 
गत चुनावमा हायात होटलमा विदेशमा वस्ने नेपाली मात्र आएका थिएनन । आफ्ना उम्मेदवारलाई जिताउन भन्दै कयौं एनआरएनएसंग असम्वन्धित व्यक्ति पुगेका थिए । अध्यक्षका प्रत्यासी कुलले पनि आफ्नो जितका लागि नेपालको राजनीतिक पार्टी कांग्रेसको साहारा लिए । त्यो बाहेक उनले अर्को क्षमता देखाउन सकेका थिएनन । कांग्रेसलाई उपयोग गर्न सफल पनि भए । त्यही कारण हायात होटलमा नेपालमा बस्ने राजनीतिक नेता र कार्यकर्ता पनि पुगे । चुनावमा राजनीतिक कायकर्ता जम्मा भएपछि लफडा हुने नै भयो । काठमाडौमा वस्ने देखि जिल्लासम्मका राजनीतिक पार्टीका कार्यकर्ता हायातमा भेटिएका थिए । एनआरएनएमा यसरी राजनीतिलाई ठाउं दिनु गलत थियो । 
 
जेन तेन चुनाव भयो । भेला सकियो । तर, नयां कार्यसमितिले हायात्को भद्रगोललाई सही विश्लेषण गर्न सकेन । सल्लाकार,प्रवक्ता देखि आईसीसी सदश्य लगायतका पदमा नियुक्त गर्दा गल्ति गर्यो । यो नियुक्तीमा योग्य एनआरएनएलाई मार्ग निर्देशन गर्ने क्षमता राख्ने, भद्रगोलवाट बाहिर निकाल्न सल्लाह दिन सक्नेलाई राख्नु पथ्र्यो । तर, भएन । विवाद र भद्रगोल अझ वढाउन भुमिका खेल्ने व्यक्ति आए । त्यस पछि हायातको जस्तै अवस्था अमेरिका पुग्यो ।  युरोप पुग्यो । अन्य देशमा सर्यो । अन्तिमा अहिले आएर एनआरएनएले तोकिएको समयमा चुनाव समेत गर्न सकेन । गलत व्यक्ति, नेतृत्व भएपछि आउने नतिजा यही भद्रगोल नै थियो । पहिले अक्टोबरको कार्यतालिका सारेर कार्यसमितिले नोभेम्बर महिनासम्म चुनाव गर्ने भनेको थियो । त्यो पनि नहुने भएको छ । 
 
दुई बर्षमा कुल आचार्यले आफुलाई सुधार गरेनन् । कांग्रेस पार्टीलाई अझ आफ्नो पक्षमा खडा हुन लगाए । अर्को एमाले पार्टी आउने नै भयो ।  अध्यक्ष केपी ओलीले यसमा जोक गर्न शुरु गरे । यो अहिलेको भद्रगोलको यर्थाथ हो । विदेशमा वस्ने नेपालीले पठाएको रेमिट्यान्सका कारण देशको अर्थतन्त्र चलेको छ । तर, बेलायतमा प्रधानमन्त्री देउवाले भनिदिए विदेशमा वस्ने तिमीहरु नेपाली नेपालको राजनीतिका वारेमा केही पनि अधिकार नखोज । कांग्रेस सभापति देउवाको यो अभिव्यक्तिले विदेशमा वस्ने आम नेपालीको चित्त पक्कै पनि दुखाएको छ । आउने संसदको चुनावमा विदेशमा वस्ने आम नेपालीले पक्कै पनि यो भनाईको जवाफ दिने छन् । 
 
 
विदेशमा करिव ५० लाख नेपाली छन् । यस मध्ये कतिका परिवार नेपालमा छन् । यस आधारमा राजनीतिक पार्टीले विदेशमा वस्ने नेपाली प्रति चासो राख्नु स्वभाविक हो । एनआरएनए नेतृत्वले यो चासोलाई सकारात्मक रुपमा लिई विदेशमा वस्ने नेपालीको हितमा उपयोग गर्न सक्थ्यो । यसले लविगंमा सहयोग नै पुग्थ्यो । तर, यस तर्फ नेतृत्वले ध्यान दिएको छैन । 
 
एनआरएनएको संस्थागत हैषियत भने तुलनात्मक रुपमा खासै ठुलो छैन । करिव ५० लाख नेपाली विदेशमा वस्ने भएपनि एनआरएनएमा सदश्य संख्या १ लाख ५ हजार मात्र छ । चुनावमा करिव ३५ सय डेलिगेट सहभागी हुन्छन् । अध्यक्षमा चुनाव जित्न करिव १२, १३ सय भोट भए पुग्छ । यो  सदश्य संख्याले  एनआरएनएले विदेशमा वस्ने सवै नेपालीलाई प्रतिनिधित्व गर्दैन । नेतृत्व सवै होइन । एनआरएनएको सदश्य नभएपनि धेरैको संस्था प्रति विश्वास थियो । तर, अहिले यो विश्वास घटिरहेको छ । आफ्नो पार्टी समर्थकले अध्यक्ष जितेमा विदेशमा वस्ने नेपाली कांग्रेसको पक्षमा आउंछन भन्ने भ्रम मात्र हो । 
 
विदेशमा बस्ने नेपालीले कर्मथलो सम्म पुग्दा कयौं हण्डर खाएका छन् । यो हण्डरले सिकाएको पनि छ । अरबमा पसिना चुहांउदा होस वा अमेरिकामा रेष्टुरेण्टको किचनको रापमा बस्दा उनीहरुको मनमा धेरै कुरा खेलेको हुन्छ । नेपाल किन सुध्रिदैन । किन विदेशमा जस्तो चिल्ला सडक भएनन, सरकारी अस्पताल स्कुल किन त्यस्ता लथालिगं खालका छन् । धेरैको गुनासो हुन्छ देशमा योग्य राजनीतिक नेता नै भएन । 
 
 नेता, टाठा बाठा कार्यकर्ता र शक्तिकेन्द्रमा हुने जव विदेश आउंछन केही व्यक्ति एपरपोर्ट सम्म लिन पुग्छन । उनीहरुलाई घुमाउंछन् । नेपाल पुग्दा भेटघाट गर्छन । यही आधारमा एनआरएनएमा राजनीति भएको छ । तर, बास्तविकता यो होइन । यसले विदेशमा वस्ने सवै नेपालीको प्रतिनिधित्व गर्दैन । 
 
सन् २००३ मा एनआरएनए खोल्नुको मुख्य उद्देश्य विदेशमा वस्ने नेपालीको पक्षमा लविगं गर्ने भन्ने थियो । त्यसले यो अभियानका रुपमा आएको थियो । यो अभियानले विदेशमा वस्ने नेपालीलाई पहिचान तर, दियो । तर, त्यसवेला देखि उठेका मुद्दा भने अहिलेसम्म पुरा भएका छैनन् । एनआरएनएको उद्देश्य विदेशमा वस्ने नेपालीको पक्षमा लविगं गर्ने मात्र हो । समाजिक सेवा गर्ने यो वकवास हो । संस्था मार्फत समाजिक सेवा हुदैन । फाण्उडेशन भन्नु समाजिक सेवा गर्छु भन्नु कुनै अर्थ छैन । एनआरएनएले संस्थागत रुपमा बनाएको एउटा बृद्धाआश्रम समेत आफुले चलाउन सकेको छैन । रगत संकलन गर्ने बस गुडेको समाचार आएको छैन । संस्थागत रुपमा समाजिक सेवामा जहां हात हालेको छ, अधिकांश असफल छन् । समाजिक सेवा व्यक्तिगत कुरा हो । विदेशमा वस्ने नेपालीले व्यक्तिगत रुपमै गरेका छन् र यो सफल पनि छ । 
 
विदेशमा वस्ने नेपालीका समस्या कम छैनन् । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलवाटै समस्या देखिन्छ । नेपाल जांदा आउंदा एयरपोर्टमा दुख्ख नपाएका कमै होलान् । नेपालमा लगानी गर्न खोज्यो त्यहां समस्या आउंछ । नेपाली नागरिकताको निरन्तरता गर्दा देशलाई फाइदा बाहेक केही छैन । त्यसमा राजनीतिक तह देखि जनस्तरसम्म भ्रम छ । लालबाबु पण्डित जस्ता ढोंगी नेताका गलत कुरा धेरैले पत्याए । साइकल चढेको कभर भएको उनको किताव पढ्दा अहिले उनको ढोंगीपन देखेर ठिट् लाग्छ । तर, यसलाई एनआरएनएले सही रुपमा प्रतिवाद गर्न सकेन । 
 
एनआरएनए भित्र अहिले चुनाव र राजनीति मात्र छ । संख्या मुख्य उद्देश्य विदेशमा वस्ने नेपालीका पक्षमा गर्नु पर्ने लविगं हुन सकेको छैन । त्यसले संस्थाले धेरै नेपालको विश्वास गुमाउंदै गएको छ । वढी हस्तपेक्ष गरे भने एक दिन कांग्रेस, एमाले लगायत अहिलेका अन्य राजनीतिक पार्टी प्रति पनि विदेशमा वस्ने नेपालीको विश्वास टुट्ने छ  । राजनीतिक पार्टीले यो वुझ्दा हुन्छ ।
 
चुनावको लफडाले विदेशमा वस्ने नेपालीका मुद्दा त पछि परे नै एनआरएनएले अगाडी वढाएको महत्वकांक्षी १० अर्बको सामुहिक लगानी कोष समेत संकटमा पर्न थालेको छ । 
 
विदेशमा बस्ने नेपालीको पैसा उठाएर नेपालमा लगानी गर्ने उद्देश्यले ल्याईएको यो कोष अहिले शुरुआतको चरणमा छ । सरकारले समेत ५० करोड रुपैंया हाल्ने भनेको यो कोषमा अहिले कार्यकारी प्रवन्धक र संचालक समिति गठन भएको छ । तर, अहिलेको विवाद र भद्रगोलले कोषले पैसा जम्मा गर्न सकेको छैन । पैसा लगानी गर्छौ भन्ने कतिपयले रकम पठाएका छैनन । जसका कारण समय थप गर्नु परेको छ । धेरैमा यस्तो भद्रगोलमा पैसा हाल्ने कि नहाल्ने भन्ने प्रश्न छ । कोषले उद्देशय अनुसार काम गर्न सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज लगायतमा लविगं गरी अनुकुल हुने गरि नीति नियम वनाउनु पर्ने अवस्था छ । तर, संस्थाको भद्रगोलले यो सवै पछि परेका छन् ।