नोभम्बर महिनाको शुरु तिर क्रिप्टोकरेन्सी सिबा इनमा एक हजार अमेरिकी डलर लगानी गर्नेले नोभेम्बर १७ मा आउंदा २०० डलर भन्दा वढी गुमाएका छन् । एक हजार डलरवाट लाखौं संख्यामा सिवा इन त आयो अव किन्नेको प्रश्न छ , यो वढ्ला कि नवढ्ला ?
शेयर, क्रिप्टो करेन्सी लगायतमा चासो राख्ने माझ लोकप्रिय रविनहुड नेपाली समुहमा केही दिन यता सिवा इनका वारेमा यस्तै प्रश्न सोध्ने र उत्तर दिने देखिन्छन् ।
क्रिप्टोकरेन्सीले केही राता रात करोडपति पनि वनाउंछ वा यहां लगानी गरेको पैसावाट हातमा शुन्य । अहिलेको क्रिप्टोकरेन्सीमा लगानीको यर्थाथ पनि यही हो ।
कोही कोही नेपाली क्रिप्टोमा लगानीले राता रात धनी भए, कयौंले गुमाए ।
हिमालयखवरले सरसर्ती सोधपुछ गर्दा सिवा इन धेरै नेपालीले किनेका छन् । सय डलर देखि हजार वा यस भन्दा पनि वढी लगानी गरिएको छ । शुन्य दशमलव ००००५००० आसपासमा किन्न पाइने भएकाले एक सय डलर लगानीगर्दा पनि लाखसंख्यामा सिवा इन आउंछ ।
विट्क्वाइन, इथेरियम, त्यसपछि डगक्वाइन र अहिले सिवा इन नेपाली माझ चर्चामा रहेका क्रिप्टोकरेन्सी हुन् ।
डग क्वाइन पनि एक बर्ष अगाडी सिवा इन जस्तै थियो । यो वढेर ७० सेन्ट भन्दा माथि पुग्यो । त्यसवेला पांच सय लगानी गर्नेको सम्पत्ति लाखमा पुग्यो । अहिले घटेको छ । तर, एक बर्ष डग क्वाइनमा लगानी गर्नेलाई कयौं गुना वढी फाइदा भएको छ । राता रात धनी भएका छन् ।
केही अगाडी सिवा इनमा लगानी गर्नेपनि धनी भए । रविनहुड नेपाली समुहमा एक जना नेपालीको प्रश्न थियो ? सिवा इन अव किन्दा हुन्छ कि हुन्न ?
यहां एक जनाको उत्तर थियो ढिलो भयो । तर, अर्का एक जनाले सुझाव दिए केही पैसा हाल्ने र विर्सने ।
सन् २००९ मा विट्क्वाइन शुरु भएको थियो । त्यसवेला एउटा विट्क्वाइनको मुल्य समान्य पिजा जुन ५ डलर देखि पाइन्छ त्यसभन्दा पनि कम थियो । अहिले वढेर एउटा विट्क्वाइनको ६० हजार पुग्यो । इथेरियम ४ हजार डलर भन्दा माथि छ ।
यी उदाहरणले क्रिप्टोकरेन्सीमा लगानी गर्न उत्प्रेरित गर्छ ।
तर, क्रिप्टोकरेन्सी परम्परागत मुद्रा जस्तो होइन । बजारमा गएर समान्यतह यसवाट समान किन्न पाइंदैन । विट्क्वाइनलाई एलसाल्भाडोर सरकारले मान्यता दिएको छ । यसवाहेक अन्य देशले स्किारेका छैनन । क्रिप्टोवाट लेनदेन आपसी समझदारीमा मात्र संभव छ ।
अमेरिकी डलरमा यो लिगल टेण्डर हो भनेर लेखिएको छ । त्यहां रिजर्व बैंकका अध्यक्ष र ट्रेजरी सेक्रेटरीको हस्ताक्षर हुन्छ । प्राय सवै देशमा केन्द्रिय बैंकले यसरीनै कागजी मुद्रा जारी गरेका हुन्छ ।
नेपालको नोटमा राष्ट्र बैंक गभर्नरको हस्ताक्षर हुन्छ । हजारको नेपाली नोटमा कसैले यसको भुक्तान माग्न आएमा रुपैंया एक हजार दिने प्रत्याभुति गरिन्छ भन्ने उल्लेख छ ।
तर, क्रिप्टोलाई यसरी कसैले ग्यारेण्टी गरेको छैन ।
क्रिप्टोकरेन्सीलाई भविष्यको मुद्रा हो भन्ने स्विकारीएको छ । तर, सरकारले यसलाई कसरी प्रत्याभूत गर्न वा आफ्नौ मौद्रिक प्रणालीमा ल्याउने भन्ने अन्यौलता भने छ ।
विश्वको ठुलो अर्थतन्त्र भएको देश अमेरिकामा यसको कारोवारमा वन्देज छैन । किन्न वेच्न पाइन्छ । नाफामा कर लाग्छ । चीनले केही महिना यता क्रिप्टोकरेन्सी कारोवारमा कडाई गरेको छ ।
भारत सरकारले क्रिप्टोकरेन्सीलाई सरकारी मान्यता नदिने तर किनवेचलाई कुनै अवरोध नगर्ने, क्रिप्टो सम्पत्तिका रुपमा राख्न पाइन नीति लिएको छ । भारतमा एक बर्ष यता क्रिप्टोमा अरर्बौ डलर पुंजी आएको छ ।
नेपालले भने क्रिप्टोकरेन्सीलाई प्रतिवन्ध लगाएको छ । केही बर्ष अघि प्रहरीले विट्क्वाइन माइनिगं भईरहेको घरमा छापा मारेर त्यहां भएका कम्यूटर जफल गरेको थियो । तर, विदेशमा वस्ने हजारौं नेपालीले क्रिप्टोमा लगानी गरेका छन् । नेपालमा पनि गैर कानुनी रुपमा अनलाइन जुवा (क्यासिनो) लेख्ने प्रचलन वढेको छ । यसआधारमा अव क्रिप्टोमा लगानी रोक्न राष्ट्र बैंकलाई सजिलो हुने छैन ।
नेपालमा हालै चर्चामा आएको एउटा गितको वोल थियो सम्झिने पानी छर्किने । अहिलेको अवस्थामा सिवा इन वा डगक्वाइनमा भएको लगानी पनि यस्तै भयो । लगानी गर्ने विर्सने । लगानीवाट हात लाग्यो शुन्य पनि हुन सक्छ भन्ने यर्थाथ स्विकार गरेर निर्णय गर्नु बुद्धिमानी हुन्छ । यसको अर्थ सवैपैसा जांदा पनि केही फरक पर्दैन भन्ने हो । राता रात धनी पनि हुन सकिन्छ तर, शुन्य पनि हात लाग्न सक्छ । यो यर्थाथमा इमोशन नियन्त्रण गरेर लगानी गर्नु नै राम्रो ।
(नोट, लगानी व्यक्तिगत निर्णय हो । त्यहां जोखिम हुन्छ । कति जोखिम लिने त्यो व्यक्तिगत निर्णय हो । प्रधान सम्पादक)
प्रतिक्रिया