विचार / ब्लग

आतङ्कको हिसाब

आतङ्कको हिसाब


शेयर गर्नुहोस:

2.8k
Shares

  • change font
  • change font

नेपालको सबभन्दा बढी घात कसले गरेको छ भन्ने एउटा प्रश्नमा रविन्द्र मिश्रले हालै गरेको टिप्पणी निकै मन छुने खालको छ। उनको त्यो टिप्पणी सुनेपछि पुष्पकमलका कारण नेपालले भोगेको आतङ्कको १० वर्ष र त्यसपछि शान्ति प्रक्रियाको नाममा भएको राज्यको आर्थिक क्षतिको अंक सुन्दा हामी सबैलाई झस्काउने खालको छ। 
 
देशलाई अग्रगमनतिर लाने भनेर पुष्पकमल एण्ड कम्पनीले शुरु गरेको राज्य आतङ्कबाट नेपालले सुन्दर र महत्वपूर्ण २५ वर्ष गुमाएको छ।

१० वर्ष आतङ्कको काल र १५ वर्ष आतङ्क पछिको प्रचण्ड पालनकाल। यो २५ वर्षमा देशले कति आर्थिक क्षति बेहोरेछ भनेर गरिएको ‘ले-म्यान’ हिसाब हेर्दा कहाली लाग्दो तथ्य देखापर्दो रे’छ।
आतङ्ककाल र प्रचण्ड पालन कालमा राज्यले २६ खर्ब भन्दा बढी आर्थिक क्षति बेहोरेको छ। त्यो २६ खर्बको मोटामोटी हिसाब यसरी निस्कन्छ। 

Advertisement

आतङ्कको हिसाब

 

·         १७ हजार मृतकलाई क्षतिपूर्ति– १७ अर्ब

·         भौतिक पूर्वाधार क्षति– १० खर्ब

·         क्यान्टोनमेण्ट –२० अर्ब

·         प्रचण्डको सुरक्षा २ करोड प्रति महिनाले हुन आउने ३ अर्ब ६० करोड

·         सुरक्षा निकायको खर्च– १० अर्ब प्रति वर्ष १० वर्ष– १०० अर्ब

·         सर्वसाधारणको सम्पतिको क्षति– करिब १०० अर्ब

·         बैंक र नीजि सम्पति लुट्– १०० अर्ब

·         संविधान सभा चुनाव खर्च– ५० अर्ब

·         ६०१ सभासदको तलब/ सुविधा– ११ अर्ब

·         पूनर्निर्माण खर्च –१० खर्ब

·         अनमिनको अनुमानित खर्च– करिब ३० अर्ब

यो सबै खर्चहरु त सालाखाला देखिने प्रष्ट खर्च हुन्। राज्यले लाखौं विस्थापितलाई गरेको खर्च, आतङ्कका कारण भएको व्यक्तिगत सम्पतिको क्षतिको त लेखाजोखा नै छैन। हजारौं नेपालीको रगत र खर्बौंको आर्थिक क्षतिको उपलब्धी के हो? अहिले नेपालले अवलम्बन गरिरहेको राजनितिक प्रणालीका लागि मात्र हो त यो सबै बेहिसाब क्षति? सर्वसाधारण नेपालीले थप के पाए, जुन १० वर्षे आतङ्क अघि पाएका थिएनन्? १० वर्षे आतङ्कले नेपाललाई दिएको भनेकै रगत, आँसु, खर्बौंको आर्थिक क्षति, र पारिवारिक/सामाजिक विखण्डन मात्र हो। 
 
खाडीमा नेपाली युवाहरु ओइरो कहिले देखि लाग्न थालेको हो? नेपालले १० वर्षको आतङ्कका कारण गुमाएको प्रगति र विकासको खलनायक को हो? यो सबै बुझ्नु, मनन गर्नु सबै नेपालीको कर्तव्य होइन? १० वर्ष आतङ्क झेल्नु नपरेको भए नेपाल उहिल्यै मध्यम आय भएको देश भइसकेको हुन्थ्यो भन्न अब तथ्याङ्क खोज्नै पर्दैन। 
 
नेपालको सबभन्दा बढी घाती कोही छ भने पुष्पकमल र बाबुराम हुन्। यिनले १७ हजार नेपालीको ज्यान लिएका मात्र होइनन्, तिनले लाखौं परिवारको भविष्य र खुसी पनि खोसेका छन्। लाखौं युवालाई खाडीमा विस्थापित गरेका छन्। खर्बौंको आर्थिक क्षति गरेका छन् र करोडौं नेपालीको सुन्दर भविष्य खोसेर आफू झण्डै ८० जना सुरक्षाकर्मीको घेरामा घेरिएर छतमा लोकल कुखुरा भुटेर स्कच तानेर बस्न सकेका छन्।
 
अझै पनि नेपाल घाती, करोडौं नेपालीको सुन्दर भविष्य लुट्ने, नेपालको जातीय, क्षेत्रीय, धार्मिक र भाषिक सद्भाव भड्काउनेलाई नै भोट दिने? अब पुगेन र भन्या?