कोलोराडो, अमेरीका- विश्व शान्तिका महानायक नेपालका राष्ट्रिय बिभुती शाक्यमुनी गौतम बुद्धको २६४८ औं जन्म जयन्ती कोलोराडो निवासी नेपाली भाषीहरूले बिभिन्न कार्यक्रमका साथ मनाउने भएका छन् । बौद्ध समाज कोलोराडोको आयोजनामा बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन बुद्ध जयन्तीको अवसर पारेर ध्यान साधना, पुजा, बुद्धको जिवनीमा आधारित…