एनआरएनएको संयोजनमा आयोजित कन्सुलर सेवा घुम्ती शिविरबाट २५५ जना लाभान्वित

अमेरिकाको बोस्टनमा आयोजित दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरबाट २५५जना सेवाग्राहीहरु लाभान्वित भएका छन्। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा, न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले फेब्रुअरी ३ र ४ तारिख सञ्चालन गरेको घुम्ती शिविरबाट, २३७जनाले पास्पोर्ट नविकरण सेवा र १८जनाले अन्य सेवाहरु लिएर लाभान्वित भएका हुन्। एनआरएनए,…