मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्ससमा जनैपूर्णिमा

टेक्ससमा जनैपूर्णिमा


ड्यालस (टेक्सस) । हरेक वर्षझैँ यस पटक पनि अमेरिकाको टेक्सस राज्यको युलेस स्थित पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमा पर्व भव्य रुपमा मनाइएको छ ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा टेक्ससमा एक दशकदेखि मन्दिरमा भव्य रुपमा मनाउने चलन चलिआएको छ । युलेस सिटीमा रहेको पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि रक्षाबन्धन (डोरो) बाँध्ने, जनै फेर्नेहरुको भीड लागेको थियो । बिहान ८ बजेदेखि सुरु भएको जनैपूर्णिमाका लागि झण्डै १० जना पुरोहित (पण्डित) हरु खटिएका थिए ।

निकै लामो लाइन भएपनि मन्दिर व्यबस्थापनले प्रशस्त पण्डितहरुको व्यबस्था गरेको र नेपाली समाज टेक्सस (एनएसटी) ले स्वयम्सेवक लगायत अन्य आवश्यकीय सेवा उपलव्ध गराएका कारण यसपटक निकै व्यबस्थित रहेको थियो । यो समाचार तयार पार्दा (दिउँसो १ बजे) सम्म झण्डै तीनहजार व्यक्तिहरुले मन्दिरको दर्शन गर्दै रक्षाबन्धन ग्राहण गरिसकेका थिए ।

सोमबार परेकोले मानिसहरु अफिस, काममा जानुपर्ने भएकोले साँझैसम्म मिलाएर आउने अपेक्षा मन्दिर व्यबस्थापनको छ । मन्दिरले दर्शनार्थीहरुलाई क्वाँटीको प्रवन्ध पनि गरेको थियो ।