मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

ओक्लोहामाको तालमा पौडी खेल्न जाँदा एक नेपाली युवकको मृत्यु, एक युवती अस्पतालमा

ओक्लोहामाको तालमा पौडी खेल्न जाँदा एक नेपाली युवकको मृत्यु, एक युवती अस्पतालमा


अमेरिका । ओक्लोहामा राज्यको टर्नरफल्स तालमा डुबेर एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । सोमबार साँझ ताल घुम्न गएका पाँच जना नेपाली विद्यार्थी उक्त तालमा पौडी खेल्दै गर्दा बुटवल मणिग्राम घर भएका कोशल पराजुलीको डुबेर मृत्यु भएको हो । उनी पढ्नका लागि एक वर्षअघिमात्रै अमेरिका आएका थिए ।

टर्नर फल्स ताल टेक्सस डलासबाट मोटरमा करिब २ घन्टामा पुगिन्छ । सोमबार ५ जना नेपाली विद्यार्थी आफ्नो समान लिन ओक्लोहामा गएका थिए । समान लिएर फर्किने क्रममा ताल घुम्न जाँदा यो घटना भएको स्थानीय नेपालीले हिमालयखबरलाई जानकारी दिए । मृतक पराजुली डलासको कलेजमा पढ्दै गएको बताइएको छ ।

Advertisement

पौडी खेल्नसँगै गएकी युवतीलाई बचाउन खोज्दा कोशल डुब्न पुगेको बताइएको छ । प्रहरीले डुबेको २० मिनेट जतिमा उनलाई निकालेको थियो । तर, त्यसबेला उनको मृत्यु भइसकेको थियो ।

सँगै पौडी खेल्न गएकी झापाकी नेपाली विद्यार्थी सुरक्षा घिमिरेको भने सकुशल उद्धार गरिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उपचारमा रहेकी ती युवतीको अवस्था अहिले सुधारोन्मुख रहेको छ ।

मृतक पराजुलीको शव प्रक्रिया पूरा गरेर डलास ल्याउने तयारी भइरहेको बताइएको छ । गर्मी मौसममा पौडी खेल्न जाँदा यसअघि पनि नेपाली विद्यार्थीको मृत्यु भएको थियो । राम्रोसँग पौडिन नजान्ने, मदिरा सेवन गरेर पानीमा जाने र डुबेकालाई कसरी उद्धार गर्ने भन्ने जानकारी नहुँदा यस्ता दुर्घटना हुने गरेका छन् ।

शेयर गर्नुहोस:

9k
Shares