मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

ओक्लोहामाको तालमा पौडी खेल्न जाँदा एक नेपाली युवकको मृत्यु, एक युवती अस्पतालमा

ओक्लोहामाको तालमा पौडी खेल्न जाँदा एक नेपाली युवकको मृत्यु, एक युवती अस्पतालमा


अमेरिका । ओक्लोहामा राज्यको टर्नरफल्स तालमा डुबेर एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । सोमबार साँझ ताल घुम्न गएका पाँच जना नेपाली विद्यार्थी उक्त तालमा पौडी खेल्दै गर्दा बुटवल मणिग्राम घर भएका कोशल पराजुलीको डुबेर मृत्यु भएको हो । उनी पढ्नका लागि एक वर्षअघिमात्रै अमेरिका आएका थिए ।

टर्नर फल्स ताल टेक्सस डलासबाट मोटरमा करिब २ घन्टामा पुगिन्छ । सोमबार ५ जना नेपाली विद्यार्थी आफ्नो समान लिन ओक्लोहामा गएका थिए । समान लिएर फर्किने क्रममा ताल घुम्न जाँदा यो घटना भएको स्थानीय नेपालीले हिमालयखबरलाई जानकारी दिए । मृतक पराजुली डलासको कलेजमा पढ्दै गएको बताइएको छ ।

पौडी खेल्नसँगै गएकी युवतीलाई बचाउन खोज्दा कोशल डुब्न पुगेको बताइएको छ । प्रहरीले डुबेको २० मिनेट जतिमा उनलाई निकालेको थियो । तर, त्यसबेला उनको मृत्यु भइसकेको थियो ।

सँगै पौडी खेल्न गएकी झापाकी नेपाली विद्यार्थी सुरक्षा घिमिरेको भने सकुशल उद्धार गरिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उपचारमा रहेकी ती युवतीको अवस्था अहिले सुधारोन्मुख रहेको छ ।

मृतक पराजुलीको शव प्रक्रिया पूरा गरेर डलास ल्याउने तयारी भइरहेको बताइएको छ । गर्मी मौसममा पौडी खेल्न जाँदा यसअघि पनि नेपाली विद्यार्थीको मृत्यु भएको थियो । राम्रोसँग पौडिन नजान्ने, मदिरा सेवन गरेर पानीमा जाने र डुबेकालाई कसरी उद्धार गर्ने भन्ने जानकारी नहुँदा यस्ता दुर्घटना हुने गरेका छन् ।