मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   

सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि

सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

 अमेरिका । अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडि पारेकी छन् । सिबिएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको छ ।

सोमबारदेखि सुरू हुन लागेको डेमोक्रेट पार्टीको नेसनल कन्भेन्सन अघि सार्वजनिक भएको यो पोलको नतिजाले डेमोक्रेटहरुलाई उत्साहित बनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस पोलमा ८३ प्रतिशतले अर्थतन्त्रलाई मुख्य आधार बनाएर भोट दिने बनाएका छन् भने ७६ प्रतिशतले महंगी आगामी चुनावको सबैभन्दा ठूलो एजेण्डा भएको बताएका छन् ।

त्यस्तै, ६२ प्रतिशतले अपराध र ५८ प्रतिशतले बन्दुक नीतिमा आधारित भएर मत दिने बताएका छन् । त्यस्तै, ५६ प्रतिशतले सीमा सुरक्षाको विषय र ५१ प्रतिशतले गर्भपतनको मुद्दालाई आधार बनाएर मत दिने बताएका छन् ।

सिविस न्यूजका लागि यो पोल युगभले गरेको थियो । यो पोल अगस्त १४ देखि १६ सम्म देशभरका मतदाता नामावलीमा दर्ता भएका ३ हजार २५८ मतदातामा गरिएको बताइएको छ । यस पोलको २.१ प्रतिशत मात्र तलमाथि हुने समेत रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यसैगरी अर्को मिडिया हाउस सिएनएनले गरेको सर्वेले ह्यारिस ५० प्रतिशत र ट्रम्प ४८ प्रतिशत रहेको देखाएको छ । एजेन्सी

शेयर गर्नुहोस:

1.2k
Shares