सम्मान स्वरुप आफ्ना दाताहरुको विवरण ताम्रपत्रमा लेखेर सार्वजनिक गर्ने प्याब्फोनको तयारी

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन-PABFONE) ले संस्थागत लक्ष्य प्राप्तिको अभियानका क्रममा आर्थिक सहयोग गर्ने दाताहरुको अभिलेख राखी उनीहरुको विवरण ताम्रपत्रमा लेखेर सार्वजनिक गर्ने तयारी गरेको छ। प्याब्फोनले संस्थाको स्थापना कालदेखि हालसम्म आर्थिक दान गरेर अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान स्वरुप उनीहरुको नाम र गरिएको दान रकमसहितको विवरण सार्वजनिक गर्न लागेको हो। संस्थाले जनाए…