मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
बिश्वमा सफल नेपाली   

अगष्ट २५ मा ड्यालसमा गौरापर्व

अगष्ट २५ मा ड्यालसमा गौरापर्व


ड्यालस (अमेरिका) । नेपालको सुदुर पश्चिममा मनाइने एक प्रमुख गौरापर्व टेक्ससमा आउँदो अगष्ट २५ तारिक ड्यालसमा भव्य रुपमा मनाउने तयारी सुरु भएको छ ।

सुदुर पश्चिम नेपाली समाजको आयोजनामा अगष्ट २५, आइतबार युलेसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा मेगा गौरापर्व मनाउन लागिएको समाजकी सचिव गुञ्जन भण्डारीले जानकारी दिइन् । समाजले हरेक वर्ष गौरापर्वलाई मौलिक पर्वका रुपमा विशेष रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा छलिया नाच, सुदुरपश्चिमको पञ्चेबाजा, देउडा नाच, हुड्केली नाच, गौरा नाच, सुदुरपश्चिम नाच लगायतका विशेष प्रस्तुतिहरु हुनेछन् । त्यस अवसरमा विशेष आकर्षणका रुपमा प्रख्यात देउडा गायक नन्दकृष्ण जोशी, शंकर सिंह विष्टको समेत सहभागिता रहने बताइएको छ ।

सुदुरपश्चिममा भाद्र कृष्णको षष्टीदेखि मनाउन सुरु हुने गौरा पर्व त्यस क्षेत्रको सबैभन्दा महत्वपूर्ण चाड हो । अगष्ट २५ तारिक गौरापर्वका उपस्थित हुन समाजले समस्त नेपालीहरुमा अपिल गरेको छ ।

त्यसैगरि टेक्ससको राजधानी शहर अस्टिनमा रहेका नेपालीहरूले पनि गाैरापर्व मनाउने भएका छन् । अस्टिनमा रहेका सुदुरपश्चिमेली नेपालीहरूले अगष्ट २३ तारिक शुक्रबार गाैरापर्व मनाउने निधो गरेका छन् ।

उनीहरूले हुट्टोस्थित पशुपतिनाथ मन्दिरमा भेला भएर गाैरापर्व मनाउने तयारी गरेका छन् ।

शेयर गर्नुहोस:

675
Shares