सिकागो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । उनले भने, ‘हामीले प्रायः फिल्महरूमा देखेका छौँ कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।’
डेमोक्र्याटिक नेसनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्वराष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पको आलोचना गरेका हुन् । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताएका छन् ।
ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाइँ हुने बताउँदै कमला ह्यारिस र उपराष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे । उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए । साथै, उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे ।
अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन जारी रहेको छ । सो सम्मेलनमा पूर्वराष्ट्रपति बाराक ओबामाका साथै उनकी पत्नी मिशेल ओबामाले पनि सम्बोधन गरेका थिए । यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गरेकी छन् । मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन् । मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताइन् ।
त्यस्तै, सिनेटर बर्नी स्यान्डर्सले डेमोक्रेटिक नेसनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे ।
स्यान्डर्सले आफ्नो सम्बोधनमा श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला-ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गरे । एजेन्सी
प्रतिक्रिया