मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

ट्रम्प एउटा खराब चलचित्रको सिक्वेल हुन्—ओबामा

ट्रम्प एउटा खराब चलचित्रको सिक्वेल हुन्—ओबामा

हिमालय खबर

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Screenshot

अगष्ट १०, अमेरिका

अहिले अमेरिकाको सिकागोमा डेमोक्रेटिक नेशनल कन्भेन्सन (डिएनसीए) चलिरहेको छ। सम्मेलनको दोश्रो दिन हिजो पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले दिएको भाषण निकै चर्चित भएको छ।

सम्मेलनमा निकै अविस्मरणीय भाषण दिएकी पूर्व प्रथम महिला मिसेल ओबामाले डेमोक्रेटहरुलाई ‘गोल्डिलक्स कम्प्लेक्स’ छोडेर कडा मिहेनतका साथ कमलालाई जिताउन लगिपर्न भनेकी छन्। प्रचलित बालकथाकी पात्र ‘गोल्डिलक्स’ले जस्तो तातो पनि नहुने, चिसो पनि नहुने, ठिक्कको मात्र चाहिने भनेजस्तो अवस्था नभएकोले अहिले डेमोक्रेटहरुले एउटा अतिवादीलाई परास्त गर्न कडा परिश्रम गर्नु पर्ने अवस्था आएको श्रीमती ओबामाले बताएकीछन्। उनले भनिन्— अमेरिकाले कमलाजस्तो व्यक्ति निर्वाचित गर्ला कि भन्ने चिन्तामा हामी बस्न सक्दैनौं, कमलाजस्तो व्यक्ति निर्वाचित गराउन सक्दो प्रयास गर्नुको सट्टा कमलाजस्तो व्यक्तिलाई निर्वाचित गराउने हो ।

मिसेल लगत्तै बोलेका पूर्व राष्ट्रपति ओबामाले आफू राष्ट्रपतिमा विजयी हुँदाका बखतको चुनावी अभियान कै झल्को दिने खालको भाषणमा भने—हामीमध्ये धेरैजसो राजनीतिक र सामाजिक रुपले अति तिक्त र विभाजित भएको देशमा बस्न चाहँदैनौं। उनले थप जोड़् दिएर भने, “हामीलाई थप चार वर्षको गण्डागोल र कोलाहलयुक्त अराजकता चाहिँदैन। हामीले ट्रम्पको त्यो अराजक शैली पहिले नै देखिसकेकोले फेरि त्यही गण्डागोल, अराजकतायुक्त थप विभाजित समाज किन चाहियो? अमेरिकीहरु फेरि घृणा र द्वेषयुक्त अमेरिका चाहँदैनन् भन्दै ओबामाले हजारौंको संख्यामा उपस्थित डेमोक्रेटहरुको हौसला बुलन्द पार्दै भने—“ट्रम्पले देखाउने अराजक चलचित्र पहिले नै देखेका छौं, र हामी सबैलाई थाहा छ कि सिक्वेल सामान्यतया खराब हुन्छ।”

Screenshot
Screenshot
Screenshot

 

तस्बिरः सामाजिक संजाल, बिबिसी, सिएनबिसी