मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
नेपाल   

नागरिकता खोई ? अभियानले दबाबमूलक कार्यक्रम गर्ने

नागरिकता खोई ? अभियानले दबाबमूलक कार्यक्रम गर्ने


नागरिकता खोई ? अभियानले दवाव मुलक कार्यक्रम गर्ने

विदेशमा वस्ने र त्यहीको नागरिकता लिएका र लिन चाहने अधिकांश नेपालीको मुख्य विषय नागरिकताको निरन्तरताका लागि नागरिकता खोई अभियानले नेपालमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।

अवसरका लागि विदेशमा रहेका नेपाली सजिलोका लागि त्यहां नागरिकता लिएका छन् र लिन चाहेका छन, तर, नेपाली नागरिकताको निरन्तरता नहुदां चित्त वुझेको छैन त्यसैले सरकारलाई वुझाउन नागरिकता खोई अभियानले दवाव मुलक कार्यक्रम गर्ने तयारी गरेको हो यस अभियानका वासुदेव घिमिरेले भने ।

नागरिकताको निरन्तरता गर्दा नेपाललाई ठुलो आर्थिक फाइदा छ, आर्थिक मात्र होइन देश विकासका लागि पनि जरुरी देखिन्छ घिमिरेले भने यो यर्थाथ राजनीतिज्ञ, नीति निर्माता र समग्र समाजलाई वुझाउनु आवश्यक छ हामी त्यही अभियान शुरु गर्छौ ।
यसका लागि सडकमा समेत आउने योजना रहेको छ, उनले भने ।

अहिले नेपालको ६० प्रतिशत भन्दा वढी घरपरिवारका कोही न कोही विदेशमा छन् घिमिरेले भने जसले विदेशमा वस्ने नेपालीका मुद्दा उठाउंदैन उनीहरुलाई विस्तारै राजनीतिमा हराउंदै जानु पर्छ समाजले वहिस्कार गर्दै जानु पर्छ यो नेपालको हितमा हुन्छ हामी यही वुझाउने प्रयास गर्छौ ।

नागरिकता खोई अभियान केही महिना अघि गठन भएको हो । विदेशमा वस्ने सवै नेपाली यस अभियानमा जोडिन सक्छन् । अभियानको फेसबुकमा अहिले ३ हजार भन्दा वढी सदश्य भईसकेका छन् ।

नेपालको संविधानले दोहोरो नागरिकताको अवधारणालाई स्विकार गरेको छ । यस अनुसार एनआरएन नागरिकता दिन लागिएको छ । तर, यो एनआरएन नागरिकताका व्यापक असंष्तुष्ठि छ । एनआरएन नागरिकता लिनेले नेपाल जांदा भिषा शुल्क समेत तिर्नु पर्छ । आर्थिक र समाजिक अधिकार उपयोग गर्न पाइने भए पनि यो भएको छैन । एनआरएन नागरिकता लिनेलाई नेपालमा काम गर्न वन्देज लगाईएको छ । गाउंको स्कुलको संचालक समिति अध्यक्ष समेत हुन सक्दैनन् ।

विदेशमा वस्ने नेपाली नागरिकताको निरन्तरता नै चाहेका छन् । जसमा भोट हाल्ने चुनाव लड्ने देखी सबै अधिका प्राप्त होस ।

यदी नागरिकताको निरन्तरता गर्ने हो भने बार्षिक २०० अर्ब रुपैंया नेपाल जाने अवस्था छ घिमिरेले भने यसवोहक नेपालले छिटो विकासका लागि सक्षम जनशक्ति पनि पाउंछ ।

सन् १९९० तिर विद्यार्थी वा कुनै रुपमा विदेश आएका नेपाली अव अवकाश लिने क्रममा छन् । उनीहरु नेपालनै आएर वस्न चाहान्छन् । यसरी नेपाली आउंदा अवकाशका क्रममा पाउने पेन्सनको रकम नेपाल आउने छ ।

नेपालको विकासका लागि अव धेरै पर्खिन सक्ने समय छैन । विस्तारै नेपाली समाज बृद्ध हुदैं गएको छ । अहिले नेपाली जनसंख्याको औषत आयु २५ बर्ष छ । १०, १५ बर्षमा नेपाली युवा विस्तारै वुढा हुदैं जाने छन् । न्यून जन्मदरका कारण १५ बर्ष पछि नेपालमा पनि युवा जनसंख्या कम हुने छ । यो वेला आर्थिक र पुर्वाधार विकास गर्न झन कठिन हुन्छ ।

यसले गर्दा आउने १० बर्ष भित्र नेपालको आर्थिक विकासले वेग हानेन भने हामी सधैंका लागि पछाडी पर्ने छौं ।

नेपाली युवाको विदेश जाने क्रम अहिले उच्च छ । २० बर्ष देखी ४० बर्ष उमेर समुहका अधिकांश युवाको चाहना विदेशनै जाने छ । यो समुह सकृय उपभोक्ता पनि हो । युवाको अभाव हुदैं जांदा नेपालको बजार पनि चलायमान हुन छाडेको छ । व्यवसायीहरु भन्छन् नेपालीले खर्च नै कम गरेकाले अहिले बजारमा मन्दी आएको हो । यही कारण काठ्माडौ न्यूरोड लगायत देशका मुख्य बजारमा घर समेत भाडा जान सकेका छैनन् । झण्डै २० प्रतिशत व्यापारीक घर खाली रहेको वताईन्छ ।

नागरिकता खोई ? अभियानले दवाव मुलक कार्यक्रम गर्ने