मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

ब्लड डोनर्स अफ अमेरिका BDA को बार्षिक साधारण सभा सम्पन्न

ब्लड डोनर्स अफ अमेरिका BDA को बार्षिक साधारण सभा सम्पन्न


कोलोराडो (अमेरीका)- ब्लड डोनर्स अफ अमेरिका BDA को बार्षिक केन्द्रीय साधारण सभा नेभाडाको लस भेगासमा सम्पन्न भएको छ ।

गत शनिबार अगष्ट १७ का दिन होटेल पालेश स्टेसनको सभा कक्षमा विभिन्न राज्यहरुबाट आएका सहभागीहरु बिच सम्पन्न भएको हो । BDA को इतिहासमा पहिलो पटक सदस्यहरु प्रत्यक्ष्य उपस्थित भै सम्पन्न बार्षिक साधारण सभा बिहान १० बजे देखि बेलुका ५.३० बजे सम्म संचालन भएको थियो । अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब डा. सिरोज पोखरेले संचालन गरेका थिए । अध्यक्ष भुषणलाल श्रेष्ठ र पूर्व अध्यक्ष डा. नन्दन रेग्मीद्धारा संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरेपछि अध्यक्ष्य श्रेष्ठले सम्पूर्ण उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।

Advertisement
ADVERTISEMENT

कार्यक्रमको पहिलो सत्रमा उपस्थित सहभागीहरुको माझ वर्तमान कार्य समितिका केन्दीय सदस्य तथा टेक्सास राज्यका चाप्टर अध्यक्ष्य अजय बगालेले बि. डि. ए.टेक्सास क्षेत्रको गतिविधिहरुको बारेमा बिस्तृत रुपमा चर्चा गरेका । त्यस्तै कार्यक्रमका अथितीका गैर आबासिय नेपाली असोसिएसन NRNA का केन्द्रीय सदस्य बलबहादुर राईले कार्यक्रमको सफलताको कामना गर्दै आयोजकलाई धन्यवाद दिएका थिए । त्यस्तै अर्का अतिथी संस्थाका आजीवन सदस्य तथा कोलोराडो स्थित स्थानीय लोकप्रिय संस्था नेपाली घरका उपाध्यक्ष्य गंगा चौलागाईंले कार्यक्रममा सहभागीहुन पाएकोमा आयोजकलाई धन्यवाद दिंदै BDA ले कोलोराडोमा पुर्याएको योगदानको प्रशंशा गरेका थिए । यसैगरी साधारण सभालाइ सफल बनाउन सहयोग पुर्याउनुहुने NRNA का चाप्टर अध्यक्ष्य दुर्गा प्याकुरेल, ब्यबस्थापन समितिका संयोजक तथा संस्थाका उपाधक्ष्य टीका पौडेल, बिशेष सहयोग गर्नुहुने केन्द्रका सदस्य झमक निरौला , उपाध्यक्ष्य शारदा श्रेष्ठ लगाएत यस कार्यक्रमलाई प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य सहयोग पुर्याउनु हुने सबैलाइ कार्यसमितीका बरिष्ठ उपाध्यक्ष्य शिव काफ्लेले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरण बन्द सत्रमा उपस्थित सभागीहरुलाई स्वागत गर्दै BDA का उपाध्यक्ष टीका पौडेलले कार्यक्रमको उदेश्य र आशाधित उपलब्धिको बारेमा प्रकाश परेका थिए । महासचिव डा. पोखरेलद्वारा प्रस्तुत एजेन्डालाई सर्बसम्बत पारित गरेर सुरुगरिएको उक्त बन्द सत्रमा चाप्टरका गतिविधिहरुका बारेमा टेक्सास र कोलोराडो राज्यका उपाध्यक्ष्यहरु क्रमश सन्तोष कार्की तथा शर्मिला शर्माले चर्चा गरेका थिए ।

त्यसैगरी कोषाध्यक्ष श्रीराम लुइँटेलद्वारा प्रस्तुत गरेको केन्द्र र चाप्टरहरु बिचको आर्थिक कारोबारको मोडेल बारे का केहि बुदाहरुमा छलफल भै सर्बसम्बत बाट पास गरिएको थियो । कोषाध्यक्ष लुइँटेलले प्रस्तुत गरिएको आर्थिक प्रतिबेदन , महासचिव डा. पोखरेलद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन र अध्यक्ष्य श्रेष्ठद्वारा प्रस्तुत BDA को आगामी कार्यदिशा छलफल पछि पारित गरिएको थियो । सोही अबसरमा BDA को नेवाडा स्टेट चाप्टर पनि गठन गरिएको छ । राज कुमार धिमालको अध्यक्ष्यतामा गठन उक्त चाप्टरका अन्य सदस्यहरुमा सोमनाथ राना ,चित्र न्यौपाने , बल राई र दुर्गा प्याकुरेल रहेका छन । कार्यक्रममा नवनिर्वाचित चाप्टर सदस्यहरुलाई केन्द्रीय अध्यक्ष्य भुषण लाल श्रेष्ठले सफथ गराएका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष्य डा. रेग्मीले ब्लड डोनर्स अफ अमेरिकाको बिगत , वर्तमान र भविष्यको बारेमा बिस्तृत रुपमा चर्चा गरेका थिए । संस्थाको आगामी महाधिबेशन Massachusetts राज्यको बोस्टनमा २०२५ को जून र जुलाईमा सम्पन्न गर्ने निर्णय पारित गर्दै साधारण सभा सम्पन्न भएको उपाध्यक्ष टिका पौडेलले बताएका छन् ।

शेयर गर्नुहोस:

4.2k
Shares