मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
न्युयोर्क   
बिजनेस/ इकोनोमी   

शेयर बजारमा नेपाली , यस्तो पनि भयो, फेरी हुन सक्छ

शेयर बजारमा नेपाली , यस्तो पनि भयो, फेरी हुन सक्छ

एउटा त कम्पनी नै भाग्यो, नेकोन एयरले डुवायो, सगुनका लगानीकर्ता ठट्टा गर्छन चेक आएपछि थाहा हुन्छ


एउटा त कम्पनी नै भाग्यो

सन् १९९० को पहिलो दशकको कुरा हो, त्यस वेला बोलकोबल (फ्लोरमा गएर कराउने) द्धारा शेयर किनवेच गर्न नेपाल स्टक एक्स्चेन्ज लिमिटड स्थापना भएको थियो । त्यही वेला औषधी वनाउने भन्दै एउटा कम्पनी आयो । काठमाडौको मिनभवनमा राम्रो भवनमा कार्यालय राखेर सर्वसाधारणलाई शेयर विक्रीका लागि धितोपत्र वोर्डवाट अनुमती पनि लियो । मिडियामा प्रभाव जमायो । औषधी उत्पादन गर्ने शुरसार नहुदैं सर्वसाधारणलाई शेयर विक्री गर्यो । धेरैले किने । यो सर्वसाधारणको पैसा लिएर कम्पनी टाप ठोक्यो । अहिलेसम्म यो कम्पनी र संचालक भेटिएका छैनन् ।

नेकोन एयरले डुवायो

धेरैलाई अहिले पनि नेकोन एयर चढेको सम्झना होला । सन् १९९० पछि नेपालले अबलम्बन गरेको खुला बजार अर्थनीतिका कारण नेपालको आकाश पनि निजी क्षेत्रका विमान कम्पनीका लागि खुला गरियो ।

यही क्रममा खुल्यो नेकोन एयर । बाहिरवाट हेर्दा नेकोन एयर त्यसवेला निकै राम्रो मानिथ्यो । यसको फाइदा उठाउंदै नेकोनले सर्वसाधारणलाई शेयर विक्री गर्यो । धेरैले किने । नेपाल स्टकका सुचिकरणपनि भयो । दोस्रो बजारमा शेयरको मूल्य पनि अकासियो । तर, कालान्तरमा यो कम्पनी बन्द भयो । संचालकनै वेपत्ता भए । नेकोनले बैंकवाट पनि करोडौ ऋण लिएको थियो । यो पनि तिरेन । नेकोन एयर डुबेपनि यसका यसका मालिक अर्थात केही संचालकले कुस्त कमाएको धेरैले सुनाउंछन् ।

सगुनका लगानीकर्ता ठट्टा गर्छन चेक आएपछि थाहा हुन्छ

चेक आएपछि थाहा हुन्छ, यो सगुन नामक एउटा कम्पनीमा लगानी गर्दा डुबेका व्यक्तिले सुनाएको ठट्टा हो । अमेरिकामा दर्ता भएको सगुनले केही बर्ष अघि विदेशमा बस्ने नेपालीलाई शेयर विक्री गरेको थियो । अमेरिकाले स्टार्ट अप कम्पनीलाई दिएको सहुलियतको फाइदा उठाउंदै सगुनले धेरै नेपालीलाई शेयर किन्न लोभ्यायो । हामी फेसबुक गुगल जस्तो कम्पनी हुन्छौं भन्न समेत बांकी राखेन।

अमेरिकाका लागि पुर्व नेपाली राजदुत अजुर्न कार्की देखि एनआरएनएका तत्कालिन अध्यक्ष समेतले सगुन नेपाली कम्पनी भएको भन्दै प्रचार प्रसारमा सहयोग गरिदिए । अमेरिकाका त्यसवेला आयोजना गरिएका कयौं एनआरएनएका कार्यक्रममा सगुनले पैसा दियो । सगुनमा लगानी गरेपछि ठुलो चेक आउंछ भन्ने खालको प्रचार प्रसार गरियो । अमेरिका मात्र होइन खाडी मुलुक देखी जहां जहां नेपाली बसेका छन् त्यहां सगुनले लगानीका लागि भवानात्मक ब्लाकमेल गर्यो । अहिले सगुनको अत्तोपत्तो छैन । यहां पैसा हाल्ने हजारौं नेपालीले ठगिएको महसुस गरेका छन् । कयौंले त लगानीका माया समेत मारेका छन् र त्यसवेला भनिएको वाक्य बोल्छन् चेक आउंछ अनि थाहा हुन्छ ।

हाल नेपालको शेयर बजारमा उछाल आएको छ । केही दिन यता त एक दिनमै २० अर्ब रुपैंयाभन्दा वढीको शेयर किनवेच समेत भईरहेको छ । कम्पनी त्यसका संचालक हेर्दा नाफामा जाने संभावनानै नरहेका कम्पनीको समेत शेयरको मूल्य बढेको छ । यो भनेको उच्च जोखिम हो । नाफा दिन सक्ने नसक्ने, कम्पनीको समेत शेयर मूल्य वढेको छ । शेयर बजारमा समय महत्वपुर्ण हुन्छ । जसले समयलाई छोप्न सक्यो उसले मात्र कमाउंछ । अध्ययनले भन्छ साना लगानीकर्ता मध्ये ८० प्रतिशतले गुमाउंछन् । २० प्रतिशतमात्र नाफामा हुन्छन् ।
पुंजी तपाईको हो, निर्णय गर्ने तपाईले हो ।

शेयर गर्नुहोस:

6.4k
Shares