गणपुरक संख्या नपुगेर स्थगित गरिएको जिबिएनसिको साधारणसभा आउदो साता

अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको अग्रणी संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)को साधारणसभा आउदो साता गर्ने तयारी गरिएको छ। उक्त साधारणसभा आउदो साताको सेप्टेम्बर २२ तारिख आइतबार ब्रेनट्रि स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा गर्ने गरी तयारी गरिएको संस्थाले जनाएको छ। यस सम्बन्धमा संस्थाका सदस्यहरुलाई जानकारी गराउन संस्थाका महासचिव सोनाम शेर्पाले…