मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   
राजनीति-समाज   

प्रवासी मञ्च अमेरिकाको सम्मेलन ड्यालसमा गर्ने निर्णय

प्रवासी मञ्च अमेरिकाको सम्मेलन ड्यालसमा गर्ने निर्णय

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । प्रवासी नेपाली मञ्च अमेरिकाको चौंथो राष्ट्रिय सम्मेलन जुन ७ देखि ९ सम्म टेक्ससको ड्यालसमा हुने भएको छ ।

शनिबार सम्पन्न भएको बैठकले मञ्चको सम्मेलन स्थल र मिति तय गरेको हो । अहिलेसम्म मञ्चको राष्ट्रिय सम्मेलन गर्ने अवसर टेक्ससले नपाएको र सबैभन्दा बढी सदस्य पनि टेक्ससमै रहेको हुँदा यसपटक अवसर मिलेको मञ्चका प्रचारप्रसार समितिका सदस्य भुवन अधिकारीले जानकारी दिए ।

सम्मेलन सम्पन्न गर्नका लागि वर्तमान उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वमा १३ सदस्यीय मूल समिति गठन भएको छ । समितिको सचिवमा विजयराज भट्टराई छन् भने सदस्यहरूमा मणि भण्डारी, सञ्जय केसी, शंकर लुंगेली, नेत्र पाण्डे, भुवन अधिकारी, राजु नेपाल, मधुसूदन ज्ञवाली, लक्ष्मण थापा, मनिष थापा, डा. नवराज दाहाल र लक्ष्मण घिमिरे रहेका छन् ।

त्यस्तै, छवि पाण्डेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, भीम वलीको संयोजकत्वमा प्रचारप्रसार समिति, मैया ढुङ्गानाको संयोजकत्वमा अतिथि सत्कार समिति, गोपाल कँडेलको संयोजकत्वमा आर्थिक समिति र घनश्याम खनालको संयोजकत्वमा सांस्कृतिक समिति गठन भएको छ ।

बैठकमा प्रवासी मञ्चका अन्तर्राष्ट्रिय समिति, क्षेत्रीय समितिहरूबाट पनि सहभागिता थियो । कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेताहरूसमेतको सहभागिता हुने जनाइएको छ ।

‘युवा जोश भएका, नयाँ भिजन भएका नेतालाई अतिथिका रूपमा निम्त्याउनुपर्छ भन्ने हाम्रो माग छ । धेरै प्रवासी साथीहरूको सोचाइ पनि त्यही छ’, अधिकारीले भने, ‘एमालेका प्रमुख सचेतक महेश बर्तौलाजस्ता स्वच्छ छवि र युवाहरूको मन जित्ने व्यक्तिलाई ल्याउनुपर्छ भन्ने धेरै साथीहरूको भनाइ छ ।’

नयाँ नेतृत्वका लागि अहिले ३/४ जनाको नाम चर्चामा रहेको छ । सबैभन्दा बढी चर्चामा भने वर्तमान उपाध्यक्ष गोकर्ण दाहाल, छबी पाण्डे, गोपाल कँडेल, भीमप्रकाश अोली, थोमस बाँस्तोला लगायतको छ । *

* सम्पादन गरिएको ।