मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

शेर्पा दिवसको उपलक्ष्यमा कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित

शेर्पा दिवसको उपलक्ष्यमा कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- शेर्पा दिवसको उपलक्ष्यमा कोलोराडोमा एक समारोह बिच विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने शेर्पाहरु सम्मानित भएका छन् ।

शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टरको संयूक्त आयोजना संम्पन्न कार्यक्रममा उनीहरूलाइ सम्मानित गरिएको हो ।

सन् २०२२ जनवरी ५ मा, कोलोराडो राज्यका गभर्नर जरेड पोलिसले एउटा ऐतिहासिक घोषणा गर्दै, हरेक बर्षको जनवरी ५ को दिनलाई कोलोराडोमा शेर्पा दिवसको रूपमा आधिकारिक मान्यता दिएका थिए । यस बिशेष घोषणा कोलोराडो राज्यमा बसोबास गर्ने सगरमाथा र अन्य हिमाल आरोही शेर्पा समुदायको उल्लेखनीय योगदान, उनीहरूको दृढता, साहस, र प्रेरणादायी भूमिकालाई विश्वव्यापी रूपमा सम्मान गर्ने उद्देश्यले गरिएको थियो । यसै ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिकाको कोलोराडो च्याप्टरले एक विशेष औपचारिक कार्यक्रम आयोजना गरी शेर्पाहरूलाइ सम्मान गरेको हो ।

कार्यक्रममा २४ पटक सगरमाथाको सफल आरोहण गर्ने Ngima Nuru Sherpa लगायत निम्न Dawa Futi Sherpa Everest summit 1 time , Ngawang Pasang Sherpa Everest Summit 3 Times, Tashi Tshering Sherpa Everest Summit 5 Times, Ngawang Wangchu Sherpa Everest Summit 5 Times, Lakpa Sherpa Everest Summit 5 Time , Tashi Sherpa Everest Summit 10 Times , Nima Karma Sherpa Everest Summit 10 Times, DaNuru Sherpa Everest Summit 16 Times, Chhiring Dorje Sherpa Everest Summit 17 Times आरोहिहरूको सहभागिता रहेको थियो ।

हेल्पिङ हेण्ड नेपालका अध्यक्ष तथा कोलोराडो नेपाली भाषी समुदायका अभिभावक समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा एनआरएन कोलोराडो च्याप्टरको निवर्तमान अध्यक्ष आरसी पन्तको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, संचारकर्मि, कलाकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा Tourism Taskforce NRNA NCC USA का शर्वेन्द्र थापा, High Altitude Runner द्वय मीरा राइ, तेन्जी शेर्पा, क्यालिफोर्निया शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पा, NRNA NCC USA BOD निमा शेर्पाका अतिथीहरूको कार्यक्रममा उपस्थित रहेको थियो ।

नेपाली र अमेरिकी राष्ट्रिय गान गाएर शुरू गरिएको कार्यक्रममा शेर्पा संघ कोलोराडोको महासचिव निमा शेर्पाले स्वागत मन्तब्य र शेर्पाहरूको सेव्रु नृत्य द्वारा अतिथीहरूलाइ स्वागत गरिएको थियो । शेर्पा संघ कोलोराडोका सल्लाहकार तथा शेर्पा फाउन्डेशनका अध्यक्ष Pemba Tenzing Sherpa को सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथी लगायत एक दर्जन भन्दा बढी अतिथीहरूले बधाइ तथा शुभकामना मन्तब्य दिएका थिए । बक्ताहरूले मातृभुमी नेपाललाइ विश्वसामु चिनाउने सम्पूर्ण नेपालीहरूको गैरव सगरमाथामा शेर्पा समुदायको अमुल्य योगदान रहेको भन्दै उनीहरूको दृढता, साहस र श्रमको कोलोराडोले उच्च मुल्याङ्कन गरेकोमा गभर्नर पोलिसलाइ धन्यवाद दिएका थिए ।

कार्यक्रममा गत वर्ष मे १९ तारिक सगरमाथाको शिखरमा पेम्वा रिता शेर्पाले फहराएको एनआरएन कोलोराडो च्याप्टरको लोगो शेर्पाहरूले च्याप्टरका अध्यक्ष प्रकाश पौडेललाइ हस्तान्तरण गरेका थिए । त्यसैगरी जनबरी २२ , २०२२ मा शेर्पा दिवस घोषणा भएको दिन गर्भनर संग आरोहीहरुले खिचीएको तस्वीर सहीत आमेरिका र कोलोराडोको झण्डा शेर्पा संघ कोलोराडोको लोगो कार्यक्रमका प्रमुख अतिथी मार्फत कोलोराडोका गभर्नर जेडर पोलिस समक्ष पुर्रयाइ दिन शेर्पाहरूले नारायण श्रेष्ठलाइ हस्तान्तरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा शेर्पाहरूले कार्यक्रमका प्रमुख अतिथी नारायण श्रेष्ठ मार्फत अगामी बर्ष देखी तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा चुमेको मे २९ तारिक को दिनमा नै शेर्पा दिवस मनाउने बातावरण बनाइ दिन गभर्नर समक्ष संन्देश पठाएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा शेर्पा संघ कोलोराडोको महासचिव तथा NRNA NCC USA BOD निमा शेर्पाले नेपाली घरलाइ सहयोग स्वरूप १२५० डलरको चेक हस्तान्तरण गर्दै सबैलाइ यस महायज्ञमा सहभागी हुन अनुरोध गरेका थिए । कार्यक्रम एनआरएन कोलोराडो च्याप्टरका महिला सचिव संगीता लामा लामीछानेले संचालन गरेकी थिइन् ।