वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्दाहरु खारेज गरिदिएको हो । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । जर्जिया, मिसिगन, पेन्सिल्भानिया र…