मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन


मेरिका । विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ ।
 
यसै क्रममा नेपाली युवा उद्यमी महासंघ अमेरिका पनि गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवं रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।  
 
यो महासंघ युवा उद्यमीहरूको व्यावसायिक सन्जाल भएको बताइएको छ । यो सन्जाल व्यावसायिक सोच, विचार र विशेषज्ञताको केन्द्र  हो अध्यक्ष रमेश एम के पौडेलले भने । महासंघले सिर्जनात्मक सोचको विकास गर्ने र युवा उद्यमीहरूमार्फत स्वदेश र परदेशलाई जोड्ने दाबी गरिएको छ । 
 
महासंघ अमेरिकामा उपाध्यक्ष नारा खकुरेल, सचिव रोशन बुढाथोकी, सहसचिव हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन् भने सदस्यहरूमा छिरिङ  ‘डोका’ अब्राहम, राधा थापा, प्रितेश कार्की, नवराज आलेमगर, अमृत महतो, प्रसन्न सङ्ग्रौला र बिक्की पुलामी छन् ।
 
महासंघ अमेरिकामा ह्यारी भण्डारी, गौरी जोशी, एसी शेर्पा, राजन थपलिया, डिलाराज भट्ट र नारायण पुरी सल्लाहकारमा रहेका छन् । 

शेयर गर्नुहोस:

135
Shares