मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अफगानिस्तानको विमानस्थलमा सुरक्षा खतरा रहेको अमेरिका र बेलायतको भनाइ

अफगानिस्तानको विमानस्थलमा सुरक्षा खतरा रहेको अमेरिका र बेलायतको भनाइ


वासिङ्टन । अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन् । 
 
यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन् । यदि विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन उनीहरुले बुधबार सूचना जारी गरेका छन् ।
 
सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको छ । अमेरिका र बेलायतले नै बुधवार सो सूचना जारी गरेको समाचारमा जनाइएको छ ।
 
अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन् । आफ्नो देश फर्किनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन् ।
 
तालिबानले काबुल नियन्त्रणमा लिएपछि यो विमानस्थलबाट ८० हजारभन्दा बढी मानिसलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ । उता अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरु देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन् ।
 
विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 
विमानस्थलमा भीडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको छ । उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ । उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ ।
 
अमेरिकी राष्ट्रपति जोन बाइडेनले पनि अफगानिस्तानकै स्थानीय इस्लामिक स्टेटका कारण उक्त विमानस्थलमा सुरक्षा खतरा रहेको बताएका छन् । एएफपी