पुटिनले औपचारिकरुपमा बाइडेनलाई दिए बधाई, मतान्तर थाँती राखेर सहकार्य गर्न इच्छुक

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रर्वद्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुवै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताएका छन् ।  राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न…