मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी सेना बीस वर्षपछि अफगानिस्तानबाट फर्कियो

अमेरिकी सेना बीस वर्षपछि अफगानिस्तानबाट फर्कियो


वासिङ्टन । बीस वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएका छन् । अफगानिस्तानमा बाँकी रहेका केही सेना पनि सोमबार रातिसम्म सबै फिर्ता गएका बताएको छ ।
 
केही दिनदेखि अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको थियो । तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्ना सेना फिर्ता गर्न थालेको हो । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि सोमबार रातिसम्ममा आफ्नो सेना पूर्णरूपमा फिर्ता गरेको जनाएको छ ।
 
हाल अफगानिस्तानको राजधानी काबुलमा रहेका एक अमेरिकी सैन्य कमान्डरले अमेरिकी सेनाको अन्तिम लट सोमबार स्वदेश फर्किएको जानकारी दिएका हुन् । सोमबार साँझ अमेरिकी रक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा सैनिक जर्नेल केनेथ म्याक केन्जीले सो कुराको जानकारी दिएका हुन् । 
 
सो पत्रकार सम्मेलनमा उनले भने, म यो कुरा अहिले घोषणा गर्न चाहन्छु कि अफगानिस्तानमा रहेका हाम्रा सैनिकहरु र अमेरिकी नागरिक आजसम्ममा सबैजना त्यहाँबाट फर्किसकेका छन् ।
 
काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन पनि त्यहाँ रहेका अमेरिकीको अन्तिम उद्धार उडानका लागि खटिरहेको बताइएको छ ।
 
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती अभियानमा खटेका अमेरिकी सेनाका कमाण्डर र अन्य अधिकारीले पछिल्ला केही सातामा मात्र कम्तीमा पनि ८० हजार जना जति विदेशीले देश छोडेका बताइएको छ ।
 
जर्नेल मकेन्जीले भने, हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै हाम्रो सैन्य उद्धारको काम पनि सकिएको छ । करिब २० वर्षदेखिको अमेरिकाको अफगानिस्तान मिसन पनि यसैसाथ समाप्त भएको छ ।
 
अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन सुरु गरेको थियो । अमेरिकी ट्वीन टावरमा हमला गरेको अल कायदा नामक एक आतङ्ककारी सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि भन्दै अमेरिकाको सो मिसन सुरु भएको थियो । यस दुई दशकको अवधिमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताइएको छ । सिन्ह्वा