अमेरिकामा रहेका बालबालिकाको लागि नेपाली भाषाको कक्षा सञ्चालन भएको छ । जनवरी २४ तारिखका दिन सो कक्षाको उदघाटन गरिएको छ । ग्लोबल भुटनीज लिटररी अर्गनाइजेसन जिबिएलओले सञ्चालन गर्ने कक्षाको व्यवस्थापन अमेरिकाको ओहायो राज्यबाट हुने जनाइएको छ । अमेरिकामा रहेका नेपाली मुलका बालबालिकालाई लक्षित गरि शुरु गरिएको अनलाइन कक्षा उदघाटनपनि भव्य रुपमा गरिएको थियो ।…