जनसम्पर्क समिति अमेरिकाले कांग्रेस कोभिड कोषमा ४८ लाख रुपैंया पठायो

अमेरिका- नेपाली जनसम्पर्क समिति अमेरिकाले कोभिड १९ को उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकी डलर (करिव ४८ लाख रुपैंया) संकलन गरी नेपाली कांग्रेस पार्टीले संचालन गरेको बैंक खातामा पठाएको जनाएको छ ।  दुई चरणमा गरी उक्त रकम कांग्रेस पार्टीको कोभिड १९ सहयोग गर्न खुलेको खातामा पठाइएको समितिले जनाएको छ । …