मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पत्रकारितामै पनि ठूलो समस्या छ : पत्रकार प्रधान (भिडियो सहित)

पत्रकारितामै पनि ठूलो समस्या छ : पत्रकार प्रधान (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – वरिष्ठ पत्रकार प्रतीक प्रधानले नेपालमा राजनीतिक दल र सरकारमा मात्र नभएर पत्रकारितामै पनि समस्या रहेको स्विकार गर्नुभएको छ ।

आइतबार अमेरिकाको ड्यालसमा हिमालयखबर अनलाईनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा प्रधानले अधिकांश पत्रकारहरु राजनीतिक पार्टीका कार्यकर्ताले भरिएको चर्चा गर्दै नेपालमा पत्रकारिता सुध्रियो भने देश अमेरिका बन्ने र सुधार नहुने हो भने उत्तर कोरियाको बाटोमा पुग्ने धारणा व्यक्त गर्नुभयो । अमेरिकामा बोल्न, लेख्न पाउने पुर्ण स्वतन्त्रता रहेको र त्यो वातावरण मिडियाकै कारण बनेको तर उत्तर कोरियामा त्यो अवस्था छैन । 

नेपालका कुनै पनि राजनीतिक पार्टीहरुमा डर, लाज भन्ने चिज थोरै पनि नरहेको उल्लेख गर्र्दै प्रधानले तत्कालिन राजाको पाउमा लोकतन्त्र टक्राउने शेरबहादुर देउवा र दुई पटकसम्म संसद विघटन गर्ने केपी शर्मा ओली कोही कसैलाई पनि अलिकति पनि लाज, शर्म, ग्लानी नभएको बताउनुभयो । अन्धभक्त कार्यकर्ता, अन्धभक्त पत्रकारकै कारणले पनि नेताहरु जनता प्रति उत्तरदायी हुन छाडेको टिप्पणी उहाँको थियो । 

नेपालमा मिडियाको बढ्दो संख्याको सन्दर्भमा प्रधानले ‘सेफगार्ड’ का रुपमा खुल्ने क्रम रहेको रहस्य खोल्नुभयो । ‘कानुनको शासन प्रभावकारी नभएको, इमान्दारिता साथ व्यबसाय गर्न चाहनेलाई समेत अनेकन दुःख दिने प्रवृत्तिले पछिल्लो समयमा सुरक्षाकवचका रुपमा मिडिया खोल्ने होडबाजी देखिएको छ । एउटा आफ्नै मिडिया भएपछि राजनीतिक पार्टी, नेता, प्रशासक, प्रहरी कसैले समेत झमेला दिँदैनन् । त्यसो हुँदा मिडिया बढेका हुन्’ उहाँले भन्नुभयो ।

बहुचर्चित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सन्दर्भमा प्रधानले उक्त सहयोग नेपालले लिनुपर्ने धारणा राख्नुभयो । 

संबिधान निर्माण ताका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकार समेत रहनुभएका प्रधान हाल बाह्रखरी डटकमका प्रधान सम्पादक हुनुहुन्छ । दी काठमाडौं पोष्टबाट पत्रकारिता सुरु गर्नुभएका प्रधानले दैनिकी अनलाईन, नेपाल रिपब्लिक मिडिया, नेपालको पहिलो आर्थिक ब्रोटशीट कारोवार दैनिकमा समेत रहेर सम्पादकीय नेतृत्व प्रदान गरिसक्नुभएको छ । 

प्रधानसँगको अन्तरकृयामा हरिबोल भण्डारी, सुन्दर कर्माचार्य, मुरारी ढकाल, प्रभात दीक्षित, डा. अर्जुन बञ्जाडे, धनञ्जय ढकाल, बिमल बराल, दीपक चालिसे, विनोद रिजाल, बाल जोशी लगायतले नेपालको समसामयीक राजनीति तथा पत्रकारिताको विषयमा जिज्ञासा राखेका थिए ।

प्रधानले नेपालमा बस्दैमा राष्ट्रवादी हुने र बाहिर बस्दैमा नेपालको माया नहुने भन्ने तथ्यसँग आपूm असहमत रहेको उल्लेख गर्दै ग्लोबल दुनियामा जस्लाई जहाँ सहज मान्छ त्यही बस्नुपर्छ भन्ने धारणा राख्नुभयो ।