ड्यालस (अमेरिका) । संयुक्त राज्य अमेरिकाको संसदको तल्लो सदन हाउसको ५५ अाैँ सभामुखमा केभिन मकार्थी चुनिएका छन् । ५७ बर्षिय मकार्थी क्यालिफोर्नियाको ट्वेन्टी थर्ड डिस्ट्रिक्टबाट हाउसमा निर्वाचित भएका हुन् । रिपब्लिकन पार्टीको आन्तरिक द्वन्द्वका कारण सभामुखका लागि १४ पटकसम्म भएको चुनावमा उनी चुनिन सकेनन् । तीन दिनसम्म लगातार भएको चुनावमा कसैले पनि हाउसको बहुमत सिद्ध…