मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया

नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया


टेक्सस (अस्टिन) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्ससको अस्टिन सहरमा आइतबार अन्तरक्रिया सम्पन्न गरेको छ ।

संघले ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)सँगको समन्वयमा अस्टिन सहरमा बसोबास गर्ने सामाजिक अभियन्ता एवं त्यहाँ अवस्थित विभिन्न संघ-संस्थामार्फत सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेको हो ।

ग्यान्सको भवनमा सम्पन्न अन्तरक्रियामा सहभागीहरुले पत्रकार र सामाजिक अभियन्ताबीच सुमधुर सम्बन्ध रहनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले पत्रकार पनि समाजकै अंग रहेको उल्लेख गर्दै समाजसेवाको क्षेत्रमा सबै एकअर्काको सहयोगी बन्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । साथै, कार्यक्रममा सहभागीहरुले पत्रकारलाई आग्रह एवं पूर्वाग्रह नराखी निष्पक्ष रूपमा अघि बढ्न पनि सुझाव दिनुभयो ।

संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेजाका मानार्थ सदस्य तारा बराल, ग्यान्सका अध्यक्ष भोजराज भट्ट, ग्यान्स सामुदायिक केन्द्रका संयोजक गेहेन्द्र केसी, ग्यान्सका पूर्वअध्यक्ष देवराज न्यौपाने, एनआरएनए अमेरिकाका पूर्वकोषाध्यक्ष नेत्रबन्धु पोखरेल, वेको नेपाली समाजका सहसचिव वासुदेव ज्ञवाली, सामाजिक अभियन्ताहरु उद्वव खनाल, कृष्ण जीसी, पदम ठकुराठी, महेश रेग्मी, दीपक हुमागाईं, प्रदीप पराजुली, राजेश्वर निरौला, प्रियरञ्जन दाहाल, शिव न्यौपाने, अमृत मिश्र, विदुर खतिवडालगायतले धारणा राख्नुभएको थियो ।

संघकी कार्यसमिति सदस्य प्रतिमा बाँस्कोटाको सञ्चालनमा भएको कार्यक्रममा नेजाको गतिविधिमाथि महासचिव सुरज भण्डारीले प्रकाश पार्नुभएको थियो भने संघको मे महिनाको २० र २१ मा ह्युस्टन सहरमा हुने आठौं अधिवेशन तथा १६औं साधारण सभाका कन्भेनर सुजन पण्डितले आसन्न अधिवेशनसम्बन्धी जानकारी गराउनुका साथै उद्घाटन सत्रमा सबैलाई आमन्त्रणसमेत गर्नुभएको थियो ।

सो अवसरमा संघका कार्यसमिति सदस्य बाबुराम दाहाल, पूर्वकोषाध्यक्ष बिटु केसी, सदस्यहरु विनय देवकोटा, रविन पिया, नारायण भण्डारी, झरना अधिकारी, श्रीकृष्ण गौतम, भीषण न्यौपानेलगायतले बोल्नुभएको थियो ।