मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
डिसी मेट्रो   

अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न

अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न

- सुरेश कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाल्टिमोर (अमेरिका)- अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पर्वत समाजद्वारा आयोजित भलिबल प्रतियोगिता अप्रिल ८ र ९ गते बाल्टिमोरमा सम्पन्न भएको छ । सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वमुख्य सचिव एवं सांसद ऋषिकेश तिवारीले गर्नुभएको हो । सो कार्यक्रमा बोल्दै तिवारीले विदेशमा रहेका नेपालीहरुको ऐ‍क्यबद्धतालाई जोड दिँदै नयाँ पिढीलाई पनि नेपाली कला र साहित्यप्रति हौसला प्रदान गर्नुभएको थियो ।

पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपस्थित पर्यटनदूत राजु पराजुली, बानाका अध्यक सुबोधविलास पन्त, डेलिगेट्स ह्यारी भण्डारी, प्रवासी मञ्चका नेता प्रभु थापालगायतले शुभकामना दिनुभएको थियो ।

अमेरिकाबाट १२ टिमले भाग लिएको सो प्रतियोगितामा न्यूयोर्क प्रथम र ओहायो द्वितीय बनेका थिए । सो कार्यक्रम आयोजनामा नमस्ते नेपाल बार रेस्टुरेन्ट, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, बाना अध्यक्ष सुबोधविलास पन्त, एनआरएन अमेरिकाका सचिव अनुप खनाल, पर्यटनदूत राजु पराजुली, पर्वत समाज महासचिव उमकान्त शर्मालगायतको सहयोग रहेका थियो । सो कार्यक्रमको व्यवस्थापन भने जितेन गुरुङले गर्नुभएको थियो ।