यूक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदलाई ऐतिहासिक सम्बोधन

युक्रेन माथि रसियाको अवैधानिक हस्तक्षेप र युद्ध शुरु भएको तीनसय दिन पछि अमेरिकाको औपचारिक भ्रमणमा आइपुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले हिजो अमेरिकी संसदमा एक ऐतिहासिक सम्बोधन गरेका छन्। युद्ध शुरु भएयता आर्मी-ग्रीन स्वेटसर्ट, कार्गो प्यान्ट र कम्व्याट बुट सहितको पहिरनमा रहने गरेका जेलन्सकी ह्वाइट हाउसको औपचारिक कार्यक्रममा मात्र होइन अमेरिकी संसदमा समेत सोही ड्रेसमा उपस्थित…