अमेरिका समाचार

नयाँ वर्ष २०८० को अवसरमा प्रवासी मञ्चको पिकनिक

नयाँ वर्ष २०८० को अवसरमा प्रवासी मञ्चको पिकनिक


आर्लिंगटन (टेक्सस) । आउँदै गरेको नेपाली नयाँ वर्ष २०८० को अवसरमा टेक्ससको दुई संस्थाहरुले आर्लिंङ्गटनमा पिकनिक सहितको शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रवासी मञ्च अमेरिका टेक्सस च्याप्टर र इन्द्रेणी सांस्कृतिक संघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा निशुल्क खानेकुरा उपलव्ध गराइनुका साथै सांगितीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Advertisement


कार्यक्रममा इन्द्रेणीका अध्यक्ष नेत्र पाण्डेले आउन लागेको नेपाली नयाँवर्षको अवसरमा शूभकामना व्यक्त गर्नुका साथै समाजका सदस्यहरुबीच एक आपसमा सद्भाव अभिवृद्धि गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

शेयर गर्नुहोस:

4.9k
Shares