मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जुलाइको १ र २ मा कोलोराडोको डेनभरमा हुने ए.एन.ए. सम्मेलनको तयारी द्रुत गतिमा अघि बढ्दै

जुलाइको १ र २ मा कोलोराडोको डेनभरमा हुने ए.एन.ए. सम्मेलनको तयारी द्रुत गतिमा अघि बढ्दै


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

डेनभर (कोलोराडो)- सन् २०२३ को एएनए कन्भेन्सन कोलोराडोको डेनभरमा हुने भएको छ।

आउँदो जुलाई १ र २ मा हुने उक्त सम्मेलनको आयोजकको तर्फबाट सम्मेलनका चेयर तथा एएनए अध्यक्ष विजयराज भट्टराई र कन्भेन्सनका कन्भेनर विनोद त्रिपाठी द्वारा हस्ताक्षरित प्रेस रिलिजमा आज तयारी द्रुत गतिमा अघि बढेको जनाइएको छ।

कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु Rocky Mountain Friends of Nepal (RMFN), INLS Colorado Chapter, Nepali Ghar, NRNA Colorado Chapter, Colorado Newah Khalah लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय संघसंस्थाहरु लगायत स्थानीय समाजसेवीहरु सहितको मूल आयोजक कमिटि निर्माण गरेर सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्नेगरी तयारी अघि बढिरहेको जानकारी कन्भेनर बिनोद त्रिपाठीले दिएका छन् ।

एएनएले ती दुई दिन आफ्ना, परिवारको तथा अन्य कुनै सामाजिक गतिबिधि नगरी सवैजना यही सम्मेलनमा भेला भएर राष्ट्रिय सम्मेलन सफल पारौ भनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबैनीहरु, यस संस्थाको पूर्व पदाधिकारीहरु, सम्पूर्ण सदस्यहरु सवैमा हार्दिक अनुरोध गर्दै आएको छ।

शेयर गर्नुहोस:

756
Shares