मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

कोशी प्रदेशको आन्दोलनमा फिवनाको ऐक्यबद्धता

कोशी प्रदेशको आन्दोलनमा फिवनाको ऐक्यबद्धता

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)ले प्रदेश १ का सांसद्हरुले जनतासँग गरेका वाचाविपरीत कोशी प्रदेश नामाकरण गरिएका कारण प्रदेश नं १ आन्दोलित रहेको अवगत गरााउँदै कोशी प्रदेश संविधानको मर्मविपरीत र जनभावनाविपरीत रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)का अध्यक्ष इन्दिरा चोङबाङले पिज्ञप्तिमा भनेकी छन्, ‘परापूर्वकालदेखि बसोबास गर्दै आइरहेका भूमिपुत्र आदिवासीहरुको आवाजलाई राज्यसत्ताले उपेक्षा गरेको र त्यसैलाई निरन्तरता दिँदै प्रदेश सरकारले प्रदेश सरकार नामाकरण गरेको छ । प्रदेश नं १ को जनताको मागलाई बेवास्ता गर्दै प्रदेश सरकारले जुन किसिमको एकात्मकवादी सोचलाई अगाडि ल्याएको छ, यसले भूमिपुत्रहरुको धज्जी उडाएको छ ।’

साथै, विज्ञप्तिमा कोशी प्रदेश नामाकरणविरुद्धको शान्तिपूर्ण आन्दोलनमा सत्तापक्षको निरंकुश दमनले लाजेहाङ लिम्बुले सहादत प्राप्त गर्दा पनि संघीय सरकार रमिता हेरेर बसेको भन्दै नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) नेपालको पहिचानबादी आन्दोलन शक्तिहरुको पक्षमा रहेको भन्दै सरकारले आन्दोलनको सम्बोधन गरेर शान्तिपूर्ण निकास निकाल्न अनुरोध गरिएको छ ।