मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

अश्रुधारा निकाल्दै मालाले भनिन्-‘छोरीहरुलाई साथ दिइदिनुस्’

अश्रुधारा निकाल्दै मालाले भनिन्-‘छोरीहरुलाई साथ दिइदिनुस्’


ड्यालस (टेक्सस) । टेक्ससका समाजसेवी स्व. कृष्ण लामिछानेकी धर्मपत्नी माला महत लामिछानेले आफ्नी छोरीहरुलाई समाजमा सकृय हुने वातावरण मिलाइदिन स्थानीय संघसंस्थाहरु तथा व्यक्तित्वहरुसँग आग्रह गरेकी छिन् ।

स्व. लामिछानेको स्मृतिमा नेपाली समाज टेक्सस, एनआरएन अमेरिका र जनसम्पर्क समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमममा मालाले आफ्नो लोग्ने बिभिन्न परिस्थितिले जीवन गुमाएपनि दुई छोरीहरुलाई समाजमा केही गरेर देखाउने वातावरण मिलाइदिन अनुरोध गरिन् ।

‘मेरो श्रीमान साँच्चै कृष्ण भगवानकै रुप हुनुहुन्थ्यो । तर बीचमा बिभिन्न कालखण्डले बाटो मोडियो, नजानुपर्ने बाटो लाग्दा आफैलाई बिर्सर्नुपर्ने बाटोमा पुग्नुभयो’, उनले भावुक हुँदै भनिन् । दुःखद अवस्थामा समाजका सदस्यहरुले गरेको सहयोग प्रति धन्यवाद दिदै उनले आफूमाथि क्राइम भैरहेको प्रसंग निकाल्दै नबुझि आगोमा घिउ थप्ने काम नगरिदिन समेत अनुरोध गरिन् ।

आफ्ना पति स्व. लामिछाने आफूसँग भौतिक रुपमा नभएपनि उहाँको भाव, उहाँको मन आफैसँग रहेको उल्लेख गर्दै मालाले जसरी समाजले उहाँलाई मायाँ ममता र सम्मान गरेको थियो, त्यसैगरि बाँचेका आफू र छोरीहरुलाई ममता प्रदान गरिदिन समेत समाजसँग अनुरोध गरिन् । उनले बाँच्ने बाटो देखाइदिन समेत उनले विनम्रताका साथ समाजसँग अनुरोध गरिन् ।

आफ्नो श्रीमानले बाटो बिराउनुहुन्छ भनेर कहिल्यै नसोचेको प्रसंग उल्लेख गर्दै उनले बारम्बार छोरीहरुलाई सहयोग गर्न र समाजमा केही गरेर देखाउने वातावरण मिलाउन लामिछाने पत्नी मालाले गरिन् ।
कार्यक्रममा स्व. लामिछानेका अत्यन्तै निकटका मित्र हरिबोल भण्डारीले उहाँको निधनले समाजलेनै असल व्यक्तित्व गुमाएको प्रसंग ल्याउँदै मित्र विछोडको पीडामा आफू रहेको बताए । श्रद्धाञ्जली कार्यक्रममा समाजसेवीहरु डा. मुरली अधिकारी, ज्ञानेन्द्र कार्की, नेपाल समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन अमेरिकाका उपाध्यक्ष विकास उप्रेती लगायतले स्व. लामिछानेको अभाव समाजमा सदा भैरहने चर्चा गरे ।

कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका सयौं व्यक्तिहरुले स्व. लामिछानेले समाजमा मर्दा र पर्दाको सारथी भएर पुर्याएको सहयोगको सम्झना गर्दै परिवारलाई हौसला, साथ सहयोग दिन जरुरी रहेकोमा जोड दिएका थिए ।

तीन साता अघि घरमै झुण्डिएर स्व. लामिछानेले आत्महत्या गरेका थिए । त्यसयता यो घटना संसारका नेपाली समुदायका चर्चाको शिखरमा छ । उनी नेपाली कांग्रेसको प्रवासी भातृ संस्था जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिवका साथै नेपाली समाज टेक्ससको पूर्ब अध्यक्ष पनि हुन् । दुई वर्ष अघि भएको एनआरएन अमेरिकाको अध्यक्षमा उनी उपविजेता थिए । थोरै मतको अन्तरले उनी वहालवाला अध्यक्ष बुद्धि सुवेदीसँग पराजित भएका हुन् ।