बोस्टन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाको बोस्टनमा आयोजना गरेको "संस्थागत परिचय एवम् समन्वयात्मक बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम" सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर १५ तारिख आइतबार घटस्थापनाको दिन मासाच्युसेट्स राज्यको ब्रेनट्रीस्थित मूलबासी नेपालीहरुको सामुदायिक भवनमा सम्पन्न भएको हो। मासाच्युसेट्स राज्यमा क्रियाशील रहेका मूलबासी नेपालीहरु आबद्ध संघसंस्थाहरुबीच स्थापित भातृत्व, एकता र सहकार्यको…