मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मनोरञ्जन   

नेपाली इन्जिनियरहरुको पिकनिक (फोटो फिचर)

नेपाली इन्जिनियरहरुको पिकनिक (फोटो फिचर)

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, मार्च १३ ।

अमेरिकामा रहेका नेपाली इन्जिनियरहरुको संस्था अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्स (एसएनइ, ग्रेटर ह्युस्टन च्याप्टरको आयोजनामा गत आइतवार ह्युस्टनमा एक बृहत पिकनिक भएको छ।

स्थानीय Bear Creek Park मा भएको सामूहिक पिकनिकमा विहान दशबजेदेखि नै सहभागीहरु आउने क्रम शुरु भएको थियो।पिकनिकमा सहभागीहरुलाई थप मनोरन्जन प्रदान गर्न भलिबल, सकर, बिङ्गो, लेफ्ट-राइट-सेन्टर जस्ता सामुहिक र मनोरन्जनात्मक खेल समेत समावेश गरिएको थियो।

सहभागीहरुका बीचमा खेलाइएको मैत्रीपूर्ण सकर म्याचमा सतीश त्रिपाठीले नेतृत्व गरेको समूह ३-० गोलले बिजयी भएको थियो। बिजेता टोलीलाई सोसाइटीका ह्युस्टन च्याप्टर अध्यक्ष समीर रावलले ट्रफी समेत प्रदान गरेका थिए।

बालबालिकाहरुका लागि विशेष मनोरन्जनात्मक खेलहरु—म्यूजिकल च्यर, स्पून रेस, फ्रि आर्ट, नाचगान जस्ता गतिविधिहरु समेत समावेश थिए।

पिकनिकमा सोसाइटीका आफ्ना सदस्यहरु बाहेक पनि ह्युस्टनका सबै नेपाली संघ-संस्थाका पदाधिकारी/सदस्यहरुको समेत उल्लेखनीय उपस्थिति थियो।

फोटोः एएसएनइ