मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

ड्यालसमा नारी दिवस

ड्यालसमा नारी दिवस


ड्यालस (अमेरिका) । एकसय १४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली समाज टेक्ससले आइतबार ड्यालसमा एउटा विशेष कार्यक्रमको सम्पन्न गरेको छ ।

टेक्सस राज्यसभाकी सांसद टेरी मेजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाहरुको खचाखच उपस्थिती थियो । यसवर्षको नारी दिवसको नारा ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ ।

कार्यक्रममा वक्ताहरुले महिला सक्षम भएको खण्डमा घर, समाज र देशनै समुन्नत हुने भएकोले महिलाको शशक्तिकरणका लागि समाजका सबै अंगले महत्ववूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सांसद टेरी मेजा, पुनरावेदन अदालत हेटौंडाकी न्यायाधीश शान्ता सेढाई सापकोटाले महिलाहरुको बारेमा चर्चा गरेका थिए । त्यस अवसरमा डा. विनिता खरेलले महिलाहरुमा क्यान्सरको अवस्था, इन्दिरा पन्थीले अमेरिकामा महिलाका चुनौति र अवसर, डा. विष्णुमाया उपाध्यायले महिलाको मानसिक स्वास्थ, सोनिसा थापाले महिला र व्यबसायका विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, महिला संयोजक शान्ता गिरी, राधिका खराल, बबिना खड्का, डा. निर्मला देवकोटा लगायतले मन्तव्य राखेका थिए ।