अमेरिकाको समरभिल सिटि प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिने

अमेरिका, बोस्टन। नेपाल र नेपालीहरुको गौरवपूर्ण गाथा र पहिचान बोकेको चन्द्र र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा अमेरिकाको म्यासाच्युसेट्स राज्यमा पर्ने स्थानीय सरकारी कार्यालय 'समरभिल सिटि'को प्राङ्गणमा झण्डोत्तोलन गरिने भएको छ। विगतका वर्षहरुमा झैं यस वर्ष पनि नेपाली नयाँ वर्ष बि.स. २०८३ सालको प्रारम्भको अवसर पारेर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,(एनआरएनए, एनसिसि), अमेरिका, म्यासाच्युसेट्स…