मोरक्कोको चमत्कारी सुरुवात, स्कटल्यान्डलाई पहिलो हाफमै १-० को अग्रता

हिमालयखबर न्यूज डेस्कबस्टन (अमेरिका)- सन् २०२६ फिफा विश्वकपको ग्रुप सी अन्तर्गत म्यासाचुसेट्सको बोस्टनमा अवस्थित जिलेट स्टेडियममा भइरहेको स्कटल्यान्ड र मोरक्कोबीचको महत्वपूर्ण खेलमा मोरक्कोले पहिलो हाफमै १-० को अग्रतालिएको छ। खेल सुरु भएको जम्मा ७१ औं सेकेन्डमै मोरक्कोले गोल गर्न सफल भयो। ब्राहिम दियाजको पासबाट बल पाएका इस्माइल साइबारीले स्कटिश डिफेन्डर ग्रान्ट ह्यान्लीको रक्षात्मक त्रुटिको फाइदा…