बोस्टन, अमेरिका। नेपालीहरुको विषेश चाड 'माघे सङ्क्रान्ति'को अवसर पारेर अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा ‘माघे सङ्क्रान्ति-२०२६’ कार्यक्रमको आयोजना गरिने भएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका मगर समुदायको संस्था मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो। 'जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई ! जोगाइ राखौं युगौ युग, हाम्रो…