बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर, अमेरिकाले आयोजना गरेको साधारण सभा तथा स्रष्टा सम्मान समारोह कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रम नोभेम्बर २६ तारिख आइतबारका दिन अमेरिकाको बोस्टन सहरस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा सम्पन्न भएको हो । अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि…