मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
बोस्टन   

एनआरएनए, मासाच्युसेट्स च्याप्टरले समरभिल नेपाली सांस्कृतिक महोत्सवको आयोजना गर्ने

एनआरएनए, मासाच्युसेट्स च्याप्टरले समरभिल नेपाली सांस्कृतिक महोत्सवको आयोजना गर्ने


गैर आवासीय नेपाली संघ, (एनआरएनए-NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले ‘समरभिल नेपाली सांस्कृतिक महोत्सव’ (Summerville Nepali Cultural Festival ) गर्ने निर्णय गरेको छ। एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङको विशेष उपस्थितिमा मार्च १७ तारिख आइतवार बसेको च्याप्टरको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। बैठकले समरभिल सिटीको सहयोगमा आउदो २०२४, जुन १ तारिख शनिवारका दिन उक्त कार्यक्रम गर्ने निर्णय गरेको छ।

उक्त कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन बैठकले संस्थाका उपाध्यक्ष राजु गुरुङको संयोजकत्वमा दश सदस्यीय समिति गठन गरी आवश्यक अधिकारसहित जिम्मेवारीसमेत सुम्पेको छ। समितिको सदस्यहरुमा सलोनी भण्डारी(सचिव), स्नेहा पन्थी(महिला सचिव), समुन्द्र कुमार श्रेष्ठ(कोषाध्यक्ष), मुकुन्द पोखरेल(युवा संयोजक), सुनिता केसी अधिकारी(महिला संयोजक), दिपेन्द्र सुवेदी(सदस्य), नवराज जमरकट्टेल(सदस्य), नित्या शर्मा(सदस्य) र सुधा गुरुङ(सदस्य) चयन भएका छन्।

संस्थाकी सचिव सलोनी भण्डारीले जानकारी दिए अनुसार सोही बैठकले च्याप्टरको सल्लाहकारहरुमा मिलन कुमार कार्की, राजकुमार थापा र सुरेश ढकाललाई मनोनित गरी सल्लाकार समितिलाईसमेत पूर्णता दिएको छ। नयाँ कार्यसमिति चयन भए लगतै गत वर्ष २०२३, अगष्ट ५ तारिख शनिवारका दिन बसेको च्याप्टरको पहिलो बैठकले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरेसंगै मिन गुरुङ, चन्द्र बहादुर मल्ल, जालप्रसाद घिमिरे, थानिरत्न कडेल, खिलनारायण श्रेष्ठ,   प्रकाश अधिकारी र जुनी गुरुङलाई सल्लाहकार समितिमा मनोनीत गरेको थियो।

यसैगरी, च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षता बसेको उक्त बैठकले आगामी मे २५ र २६ तारिख मासाच्युसेट्स राज्यको बोस्टन सहरमा हुन गइरहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७औं साधारणसभा, न्यू इङल्याण्डवासी प्रवासी नेपालीहरुका लागि गौरवको विषय भएको ठहर गर्दै उक्त साधारणसभालाई भव्यताकासाथ सफल बनाउन संस्थाको तर्फबाट आर्थिक तथा आवश्यक पर्ने अन्य सहयोगहरु गर्ने निर्णय गरेको छ। साथै बैठकले, सिटि अफ समरभिल र एनआरएनए, मासाच्युसेट्स च्याप्टरको संयुक्त आयोजनामा नेपाली नयाँ वर्ष २०८१ प्रारम्भको सुभ अवसर पारेर नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रमका बारेमा छलफल गर्दै उक्त कार्यक्रममा उपस्थित भइदिन सबै प्रवासी नेपालीहरुलाई आग्रहसमेत गरेको छ।

प्राप्त जानकारी अनुसार उक्त झण्डोत्तोलन कार्यक्रम नेपाली नयाँ वर्ष २०८१ प्रारम्भको अवसर पारेर, यही आउदो अप्रिल १२ तारिख सुक्रवारका दिन मध्यान्न १२ बजेदेखि २ बजेसम्म समरभिल सिटिको ९३ हाइल्याण्ड एभिन्यु,(93 Highland Avenue) स्थित समरभिल सिटि हलमा गर्ने तयारी गरिएको छ।