मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

प्याब्फोनलाई अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने

प्याब्फोनलाई अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने


अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)ले संस्थालाई अमूल्य योगदान पुर्याउने व्यक्तितवहरुलाई सम्मान गर्ने भएको छ। त्यसका लागि यही आउदो मार्च ३१ तारिख आइतवारका दिन 594 Washington Street, Braintree स्थित आफ्नै सामुदायिक भवनमा ‘कलाकार, दाता तथा स्वयंसेवक/सहयोगी सम्मान’ कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ।

स्थापना कालदेखि संस्थालाई आजको अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरुले भौतिक तथा आर्थिक रुपमा पुर्याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनीहरुलाई सम्मान प्रदान गर्न लागेको संस्थाले जनाएको छ। संस्थाले उक्त सम्मान कार्यक्रमका बारेमा जानकारी मूलक सूचना जारी गर्दै सम्मान ग्रहण गर्नका लागि र सम्मानित हुने व्यक्तित्वहरुप्रति कृतज्ञता प्रकट गर्नका लागि उक्त कार्यक्रममा उपस्थित भइ दिन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ।

कार्यक्रमका बारेमा जानकारी दिदै प्याब्फोन (PABFONE) कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले कलाकार, दाता तथा स्वयंसेवक/सहयोगीहरु संस्थाका लागि भौतिक तथा आर्थिक मेरुदण्ड भएको दावी गरे। उनले संस्थाको उज्ज्वल भविश्य यिनै मेरुदण्डको स्वस्थ्यता, सबलता, कार्यदक्षता र भूमिकामा निर्भर रहेको र त्यसकै अमूल्य योगदानको कारण प्याब्फोन छोटो समयमा नै गर्व गर्ने अवस्थामा आइपुग्न सफल भएको जिकिर गरे।

अध्यक्ष नेपालले उक्त कार्यक्रम संस्थाका लागि निकै प्राथमिक र महत्वपूर्ण रहेको र सोही अनुसार तयारी गरिएको जनाउदै कलाकार, दाता तथा स्वयंसेवक/सहयोगीहरुलाई प्रदान गरिने सम्मान स्विकार गरी ग्रहणका लागि उक्त सम्मान कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेका छन् । त्यसैगरी, उनले कार्यक्रममा उपस्थित भई सम्मानित हुनुहुने व्यक्तित्वहरुको योगदानको कदर स्वरुप कृतज्ञता प्रकट गरिदिन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयासमा साथ दिन सरोकारवाला सम्पूर्ण नेपाली समुदायलाई अनुरोधसमेत गरेका छन्। अध्यक्ष नेपालले संस्थाको गरिमालाई थप उचाइमा पुर्याउन आगामी दिनहरुमा पनि संस्थालाई सबैको थप साथ र सहयोगको खाँचो रहेको औल्याए।

झण्डै १४ वर्ष अघि सन् २०१२ मा स्थापना भइ आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापना गर्ने महाअभियानमा प्याब्फोन होमिएको थियो। त्यसका लागि आवश्यक आर्थिक जोहो गर्ने अभियान देउसी भैलो खेलेर प्रारम्भ गरिएको थियो। यसै अभियान अन्तर्गत बृहत रुपमा दान संकलन गर्ने उद्देश्यले सन् २०१७ मा ‘श्रीमतभागवत सप्ताह महायज्ञ’ लगाइएको थियो। संस्थाले सन् २०१९ अगष्ट ७ तारिखका दिन, फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेको भवन “पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड” को नाममा खरिद गर्न सफल भएको थियो।

यसै शिलशिलामा, गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरिएको थियो । तत् पश्चात् मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसारका धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजन गरी विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहेको छ । श्रद्धालु भक्तजनहरुलाई पनि देवीदेवताहरुको दर्शन तथा पूजापाठका लागि मन्दिर दैनिक खुला गरिदै आइएको छ ।