बिहान सबेरैको फ्लाइट पक्डिन साह्रै गाह्रो हुने। सायद यस्तो गाह्रो सबैलाई हुँदो हो। तीन बजेतिरै उठेर कम्तिमा एक घण्टा अघि एअरपोर्ट पुग्न चार बजेतिरै निस्कनु परेपछि कसलाई गाह्रो नहोला? भ्याइ-नभ्याइ सेक्युरिटी-क्लियरेन्स गर्नै पऱ्यो!
तर यी सबै दुखपछि पूर्वि क्षितिजमा घामको लालिमा देखिन थालेपछि भने मन नै फुरुङ्ग हुने। छितिजमा घामका रेखीहरु, तल बादलका कपासहरु! कति सुन्दर! बादल माथि भइने यस्तै बेला त हो। तल जमीन केही देख्न नपाइने। विमानको झ्यालबाट खिचिएका तस्बिरमा देखिने बादलका तहहरुले काठमाण्डु-नेपालगञ्ज वा धनगढीतिरको यात्रा सम्झिन मन लाग्ने! यस्ता दृष्यहरु नेपाल सम्झाउन र नस्टाल्जिक हुन सहयोगी हुँदा रहेछन्। बिहान ३.१५ मा उठ्नु परेपनि सूर्योदयको अद्भूत दृ्ष्य देख्न पाउनु कम्ता खुसीको कुरा हो र? तपाईंहरु पनि हेर्ने होइन त ताजा घामका फुटाहरु? 😊
मनको हर्ष
घाम उदायो
पूर्वको क्षितिजमा
हर्ष मनमा ।
प्रतिक्रिया