मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
साहित्य / कला   

शहीद बोल्छ

शहीद बोल्छ

सुजन पण्डित

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म जिउँदो हुँ सपना शहीदहरुको

म आलै छु रगत बगेको शदीदको

म मेटिन्छु आफैं यो विश्वास मेटिन्न

शहीदको रगतले होली खेल्न दिन्न

नेपाली मनलाई जुरुक्क पार्ने उल्लेखित पङ्तिहरु हालै सार्वजनिक नेपाली राष्ट्रिय गीत ‘शहीद बोल्छ’ का शब्दहरु हुन्।

गीतकार, संगीतकार, लेखक, गजलकार वा गायक? सन्दर्भ अनुसार उपर्युक्त सबै नाम सुहाउँछ, डा. बिलोल पोखरेललाई। हो, उनै गीतकार/संगीतकार डा. पोखरेलको सृजना हो, यो नयाँ नेपाली राष्ट्रिय गीत। डा. पोखरेलको रचना, संगीत र गायनमा तयार भएको राष्ट्रिय गीत ‘शहीद बोल्छ’मा चेतन सापकोटाको समेत स्वर रहेको छ भने म्यूजिक भिडियो निर्देशन जीवन शाहीले गरेका हुन्।

शहीद बोल्छ’ मा पोखरेलले विभिन्न कालखण्डमा लोकतन्त्रका लागि शहीददहरूले आफ्नो जीवन उत्सर्ग गरेको तर हरेक कालखण्डमा शासकहरुले उनीहरुको बलिदान अनुरुप जनचाहनाका काम नगरेको रोष पोखेका छन्। वर्तमानमा भैरहेका भाँडभैलो, अराजक गतिविधिहरु र राजनीतिक अस्तव्यस्ताका विरुद्ध बिद्रोहका शब्दहरुलाई संगीतबद्ध गरिएको ताजा राष्ट्रिय गीतले शहीदका सपना पुरा गर्नेतिर शासकहरुको ध्यान नगएकोमा चेतावनीको आवाज बुलन्द गरेको छ। धर्मभक्त, शुक्रराज, दशरथ चन्द र गंगालाल मात्र जस्ता महान शहीदहरु मात्र होइनन् त्यसपछिका दुई जनआन्दोलनका योद्धाहरुको बलिदानको समेत शासकहरुले ख्याल नगरेकाले मनमा उठेका बिद्रोहलाई शब्द र संगीत मार्फत प्रस्तुत गरेको बताउने गीतकार पोखरेलका प्रत्येक हरफले चेतावनी दिइरेहको भान् हुन्छ।

‘नब्यूँझा मलाई म ब्यँझे तँ ढल्छस्

जलाउँछस् के मलाई त्यो आगोमा जल्छस्

धेरै भो सहेको अब धेर सहन्न

शहीदको रगतले होली खेल्न दिन्न। ‘

नेपालमा काठमाण्डुका डा. पोखरेल हाल बृहत्तर ह्युस्टनको मिजौरी सिटीमा बस्छन्। पेशाले सर्टिफाइट पव्लिक एकाउण्टेट पोखरेलका यस अघि पनि कैयन गजल र ‘परदेशीको माया’ गिती एल्बम सार्वजनिक भैसकेका छन्।