बहुप्रतिक्षित विश्वकप २०२६ को उद्घाटन मेक्सिको सिटीको एस्टाडियो आज्टे स्टेडियममा भएको छ। संगीत, रंग र फुटबलको उर्जाले भरिपूर्ण उद्घाटन समारोहको चमकसंगै शुरु भएको उद्घाटन खेलमा घरेलु टोलीले साउथ अफ्रिका विरुद्ध २-० गोलको जीत निकाल्दै प्रतियोगिताको धमाकेदार सुरुवात गर्यो।

खेलको ९औँ मिनेटमा जुलियन किनोनेसले पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए, जुन पहिलो हाफभरि कायम रह्यो। दोस्रो हाफमा दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले लास्ट‑म्यान फाउल गरेपछि सीधा रातो कार्ड पाए, जसले खेलको लय झन् मेक्सिकोतर्फ मोडियो। खेलको ९ औँ मिनेटमा जुलियन किनोनेसले दक्षिण अफ्रिकी डिफेन्सलाई छक्याउँदै किपरको टाङ्गमुनिबाट बल छिराउँदै सुन्दर गोल गर्न सफल भए। विश्वकप २०२६ को पहिलो गोल गर्ने इतिहास रचेका जर्सी नं १६ का खेलाडी किनोनेसले पहिलो हाफमा गोल गरे भने ६६ औं मिनेटमा जर्सी नं ९ का खेलाडी आहुलले हेडिङ्ग मार्फत गोल गर्दै मेक्सिकोलाई २-० गोलको अग्रता दिलाएका थिए। दोश्रो हाफको शुरुमै डि एरियामा मेक्सिकन खेलाडीलाई लास्ट‑म्यान फाउल गरेपछि रेड कार्ड पाएर साउथ अफ्रिकन खेलाडी स्पेफेलो सिथोले (जर्सी नं १३) बाहिरिएसंगै अफ्रिका १० खेलाडीमा सीमित भएको थियो।

१० खेलाडीमा झरेको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले दबाब बढाउँदै ६७औँ मिनेटमा राउल जिमेनेजको हेडर गोलमार्फत अग्रता २–० पुर्यायो।
पहिलो हाफमा कुनै कार्ड नदिएका रेफ्रीले दोश्रो हाफमा तीन पहेंलो कार्ड र तीन रातो कार्ड दिएका थिए। कार्डको वर्षा गराएका ब्राजिलियन रेफ्री Wilton Pereira Sampaio मार्फत फिफाले खेल नियम पालन गराउन निकै कडा रहने सन्देश आजको खेलबाट दिएको छ।
साउथ अफ्रिकाका थेम्बा ज्वानेले ८४औँ मिनेटमा गरेको फाउलका कारण VAR समीक्षा पछि सीधा रातो कार्ड। यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित भएको थियो। निकै तनावपूर्ण दोश्रो हाफको थप समय (९०+२) मा मेक्सिकोका सेजार मोन्टेसले साउथ अफ्रिकन स्ट्राइकरको गोल गर्ने अवसर रोक्ने फाउलका कारण सीधा रातो कार्ड पाएका थिए। खेलको अन्तिम पाँच मिनेट मेक्सिको पनि १० खेलाडीमा सीमित भएको थियो।
दक्षिण अफ्रिकाले केही काउन्टर प्रयास गरे पनि प्रभावकारी आक्रमण गर्न सकेन। खेलभरि उनीहरूले जम्मा २ वटा मात्र पोष्ट प्रहार गर्न सके। खासमा पुरै खेल मेक्सिकोको कब्जामा थियो भन्दा हुन्छ।
उद्घाटन समारोहमा शकीरा, जे बाल्भिन, टायला र एलेजान्द्रो फर्नान्डेजको साङ्गीतिक प्रस्तुति समेत समावेश थियो।













प्रतिक्रिया