बिश्व घटना

कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह

कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

नेपालगन्ज । बाँकेको नौवस्तास्थित कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ । एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा औँल्याएको हो ।

केहीदिनअघि नेपालगञ्ज उच्च बारसँगको समन्वयमा एड्भोकेसी फोरम नेपालले कारागार कार्यालय नौवस्ता, बाँकेको स्थलगत अनुगमन गरेको थियो ।

Advertisement

प्रतिवेदनमा गत जेठ १६ कारागारभित्र कैदीबन्दीबीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा, समस्या र न्यायमा पहुँचको अवस्थाबारे जानकारी सङ्कलन गरिएको एड्भोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

जेठ १६ गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानुनी परामर्श प्रदान गरिएको थियो। कारागारमा कूल ७३० पुरुष कैदीबन्दीसँगै आश्रित दुई जना बालबालिकासमेत रहेका छन् ।

मुद्दागत आधारमा कैदीबन्दीको विस्तृत विवरणमा जबर्जस्ती करणीमा २२४, लागुऔषधमा १८३, कर्तव्य ज्यानमा १५३, चोरीमा २७, अपहरण तथा सार्वजनिक अपराधमा २२, विविध कसुरमा १८ डाँका चोरीमा १६, विभिन्न उद्योग मुद्दामा १६, सवारी ज्यानमा ११, ज्यान मार्ने उद्योगमा सात र हातहतियार तथा खरखजानामा दुई जना रहेका छन् ।

नौवस्ता कारागारमा कूल ३२ जना भारतीय नागरिक सजाय भुक्तान वा अनुसन्धानका क्रममा रहेका छन्, जसमध्ये एक जना थुनुवा अवस्थामा छन् भने ३१ जनाको मुद्दा फैसला भई सजाय भुक्तान गरिरहेका छन् ।

विदेशी नागरिकका मुद्दागत विवरणअनुसार लागुऔषधमा १७, चोरी तथा डाँका चोरीमा पाँच, ज्यान मार्ने उद्योगमा तीन जबर्जस्ती करणीमा दुई, कर्तव्य ज्यानमा दुई र अन्य विविध कसुरमा एक जना रहेका छन् ।